7 years ago
October 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)- पोखरामा शुक्रबार सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टिम एक्स्पर्ट धनगढी ब्लुजले मंगलबार १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।
टिम एक्स्पर्ट धनगढी ब्लुजले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो टिममा अनुबन्धित भएका सबै १८ खेलाडी सार्वजनिक गर्दै टोली घोषणा गरेको हो । धनगढीले मंगलबार मार्की प्लेयरसहित अक्सनबाट १४, आइकोनिक खेलाडी र विदेशी खेलाडी समान २ गरी कुल १८ जना खेलाडी सार्वजनिक गरेको हो ।
एक्सपर्ट धनगढी ब्लुजका निर्देशक सुवास प्रधानले सबै खेलाडी युवा रहेपनि टिम बलियो बनेको बताए । ‘अक्सनमा पनि हामीले युवा खेलाडीलाई अनुबन्ध गरेका थियौ । मिडिल अर्डरमा कहेी कमजोर देखिएपनि हामली दुई इंग्लिस खेलाडी अनुबन्ध गरेका छौं,’ निर्देशक प्रधानले भने, ‘युवा खेलाडीले भरिएको टिम साँच्चै बलियो बनेको छ । टोली उपाधि जित्न सक्षम र तयार छ ।’
धनगढीले सार्वजनिक गरेको खेलाडीमा मार्की प्लेयरमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै, मन्जित श्रेष्ठ, दिलिप नाथ, सौरभ खनाल, विक्रम थगुन्ना, फिर्दोश अन्सारी, सागर ढकाल, कमलसिंह ऐरी, रोविन क्षेत्री, सन्दीप सुनार, सन्दीप जोरा, सन्दीप रजाली, सन्तोष भट्ट र योगेन्द्रसिंह कार्की रहेका छन् ।
त्यस्तै, आइकोनिक खेलाडीमा सुबेन्दु पाण्डे र अरुणसिंह ऐरी रहेका छन् ।
ड्यानिएल विलियम लब्रेन्स
ड्यानिएल विलियम लब्रेन्स इंग्ल्यान्डका घरेलु प्रतियोगिता खेल्दै आएका खेलाडी हुन् । २१ वर्षीय ड्यालिएल अलराउन्डर हुन् । उनले इंग्ल्यान्डको उमेर समूहबाट क्रिकेट खेल्दै आफ्नो प्रतिभा देखाइसकेका छन् ।
पिटर डेभिड ट्रेगो
पिटर डेभिड ट्रेगोले इंग्ल्यान्डका विभिन्न क्लबबाट पनि खेलिसकेका छन् । ३७ वर्षीय अलराउन्डर पिटर एक अनुभवी खेलाडी हुन् । उनको आगमनले धनगढी ब्लुजको टिम निकै राम्रो हुने मानिएको छ ।
पिपिएल कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा एक्स्पर्ट धनगढी ब्लुजसँगै विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर र काठमाडौं रोयल्स गरी ६ टिम रहेका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]