7 years ago
October 24, 2018
बिसाकापट्नम (एजेन्सी) – अष्ट्रेलियाविरुद्ध सन् २००१ मा शेन वार्नको बलिङ्गमा लङ्अफमा ड्राइभ प्रहार गर्दै सचिन तेन्दुलकरले क्रिकेट इतिहासमा नँया किर्तिमान लेखाए । एकदिवसिय क्रिकेटमा १० हजार रन प्रहार गर्ने पहिलो खेलाडीको रुपमा सचिनले आफुलाई स्थापित गरे ।
त्यसको १७ वर्षपछि सम्म अन्य ११ ब्याट्सम्यानहरुले १० हजार रन बनाएका छन् । तर सबै भन्दा छोटो समयमा यस उपलब्धि हासिल गर्ने कीर्तिमान १७ वर्षसम्म पनि सचिनकै नाममा छ। तर विशाखापटनममा वेस्ट इण्डिजविरुद्ध उत्रदै गरेका भारतीय कप्तान विराट कोहलीले यसै खेलमा सचिनको यो १७ वर्ष पुरानो कीर्तिमान भंग गर्न सक्छन।
अष्ट्रेलियाविरुद्ध मार्च २००१ मा करियरको २ सय ५९ औं इनिङ्ग्समा सचिनले १० हजार रन पुरा गर्दै एकदिवसिय क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका थिए । सचिनले त्यो किर्तिमान बनाएको ७ वर्ष पछि, २००८ मा भारतीय टोलीबाट डेब्यू गरेका कोहली सचिनको त्यस कीर्तिमान सुधार्न नजिक छन् ।
वेस्ट इन्डिजविरुद्ध पहिलो ओडिआईमा १ सय ४ बलमा १ सय ४० रन बनाएका कोहलीले आज दोस्रो खेलमा पनि त्यो लयलाई कायम राखे उनले सचिनको किर्तिमान भंग गर्नेछन् । कोहलीको आज २ सय १३ खेलमा २ सय ५ औं इनिङ्ग्स हुनेछ । उनले यति छोटो समयमै ९ हजार ९ सय १९ रन बनाएका छन् । मतलब कोहलीलाई कीर्तिमान बनाउन अब जम्मा ८१ रन अावश्यक छ । उनले आज नसकेपनि अन्य इनिङ्ग्समा सचिनको यो किर्तिमान तोड्ने निश्चित जस्तै छ ।
कोहली बाहेक भारतका तीन कप्तान सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पुरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रभिडले २ सय ८७ खेलमा यो उचाईमा पुगेका हुन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]