default_image

7 years ago

December 18, 2018

‘रोबोटजस्तो महसुस भइरहेको छ’ – ललितपुर कप्तान ज्ञानेन्द्र

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलपछि बोल्दै ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले आयोजकको व्यवस्थापन र अम्पायरको निर्णयबारे गुनासो पोखे ।

खेलमा ज्ञानेन्द्र मल्ल काठमाडौंका साम्सद शेखले फ्याँकेको आठौं ओभरको पाँचौ बलमा एलबीडब्लु आउट भएका थिए । तर ज्ञानेन्द्रले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै त्यसबेला बल ब्याटको इनसाइड एजमा लाग्दै प्याडमा लागेको बताए । लगत्तै प्रदिप साहुले फ्याँकेको ११ औं ओभरको चौथो बलमा सन्नी पटेल अम्पायरको गलत निर्णयको शिकार बने । ब्याटभन्दा निकै परबाट गएको बलमा अम्पायरले उनलाई क्याच आउट दिएका थिए ।

सन्नीले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै केहिबेर मैदान छाड्न ढिलाई गरेका थिए । उनलाई खेलपछि आयोजकले कारवाहीमा पनि गरेको छ । उनलाई खेल भावना विपरित कार्य गरेको भन्दै कारवाही गरिएको हो । अम्पायरको निर्णयविरुद्ध पटेललाई तीन ‘डिमेरिट अंक’ र खेल रकमको ७५ प्रतिशत रकम जरिवाना गरिएको आयोजकले जनाएको छ ।

कप्तान मल्लले भने पछिल्लो समय अम्पायरको निर्णय लगातार विवादास्पद बन्दै गएको र त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । ‘खेलाडीले केहि गल्ति गर्दा कारवाही तुरुन्तै हुन्छ । अम्पायरहरुले भने लगातार गल्ति गर्दा पनि त्यसलाई वास्ता गरिएको छैन । यसबारे प्राविधिक समिति र आयोजक गम्भीर हुनुपर्छ । अम्पायरको गल्तीले खेलको नतिजा नै बदल्ने सम्भावना हुन्छ । मानव भएपछि गल्ति हुन्छ तर खेलको स्तर सुधार्न अम्पायरहरुले पनि आफूलाई निखार्दै लग्नुपर्छ,’ उनले भने ।

कप्तान मल्लले आयोजकको व्यवस्थापनप्रति पनि असन्तुष्टि पोखे । ‘ मलाई हिजोआज आफू रोबोट भएजस्तो लागिरहेको छ । हामीले यसो गर, यता जाउ, उता नजाउ भन्ने धेरै भइरहेको छ । प्रतियोगिताको स्तरोन्नतिको प्रयास भइरहेको होला, तर त्यसलाई पनि राम्रो तरिकाले गर्न सकिन्छ । मैदानमा खटिने आयोजकका सदस्यहरुले भद्र र नरम रुपमा प्रस्तुत हुँदा राम्रो देखिने थियो,’ मल्लले थपे । यसअघि चितवनका कप्तान पृथु बास्कोटाले पनि अम्पायरको निर्णयबारे असन्तुष्टि जनाउँदै स्तरमा सुधार आवश्यक रहेको बताएका थिए ।

फाइनल पुगेकोमा कप्तान मल्लले खुसी व्यक्त गरे । उनले विशेषत कुशल भुर्तेल र योगेन्द्रसिंह कार्कीको प्रदर्शनको प्रशंसा गरे । ‘कुशल र योगेन्द्रले राम्रो प्रदर्शन गरे । उनीहरुको राम्रो ब्याटिङ नै खेलमा निर्णायक सावित भयो । हामीलाई पेस बलर र अलराउन्डर चाहिएको थियो । योगेन्द्रलाई यो सिजन ल्याउनुको पछाडी यो नै कारण थियो र उनले खेलेर देखाए पनि,’ मल्लले टुंग्याए ।

पत्रकार सम्मेलनमा बोल्दै ज्ञानेन्द्र मल्ल (भिडियो):

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.