default_image

5 years ago

January 30, 2019

‘टोलीमा प्रतिस्पर्धा बढ्नु राम्रो हो’ – कप्तान पारस

सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीमा अहिले अन्तरिक प्रतिस्पर्धा निकै चुलिएको बताएका छन् । यूएईविरुद्ध सोमबार तेस्रो तथा निर्णायक ओडीआईमा शतक बनाएर पारसले नेपाललाई ऐतिहासिक ओडीआई सिरिज उपाधि दिलाएका थिए । बिहीबार नेपालले ३ खेलको ट्वान्टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । ट्वान्टी-२० सिरिजको पहिलो खेलको अघिल्लो दिन प्रशिक्षणका क्रममा […]

21 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीमा अहिले अन्तरिक प्रतिस्पर्धा निकै चुलिएको बताएका छन् । यूएईविरुद्ध सोमबार तेस्रो तथा निर्णायक ओडीआईमा शतक बनाएर पारसले नेपाललाई ऐतिहासिक ओडीआई सिरिज उपाधि दिलाएका थिए । बिहीबार नेपालले ३ खेलको ट्वान्टी-२० सिरिजको पहिलो खेल खेल्दैछ ।

ट्वान्टी-२० सिरिजको पहिलो खेलको अघिल्लो दिन प्रशिक्षणका क्रममा बोल्दै कप्तान पारसले टोलीमा प्रतिस्पर्धा निकै चुलिएको बताए । ‘टोलीमा प्रतिस्पर्धा निकै बढेको छ । टोलीमा रहेका १६ खेलाडी नै पहिलो रोजाइमा पर्न सक्षम छन् । सबैलेआफ्नो शत प्रतिशत मिहिनेत दिएर खेलेका छन्,’ उनले भने, ‘ नतिजा आउने नआउने आफ्नो ठाउमा छ । तर खेलाडीहरु सुरुवाती ११ मा होस् या बाहिर बसेर होस्, आफ्नो तर्फबाट हरप्रयास गरिरहेका छन् ।’

टि-२० सिरिजको पहिलो खेलको पूर्वसन्ध्यामा बोल्दै कप्तान पारस:

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.