7 years ago
January 31, 2019
सुबास हुमागाईं, दुबई
नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको ट्वान्टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा यूएईविरुद्ध टस जितेर फिल्डीङ रोजेको छ ।

नेपालका लागि ३ खेलाडीले आज टि-२० अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यु गर्दै छन् । मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडल र सन्दीप जोरासँगै तीव्र गतिका बलर अभिनाश बोहोराले डेब्यु गर्ने भएका हुन् ।
अभिनाशको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हो । सन्दीप जोराले यसअघि यूएईविरुद्ध ओडीआई सिरिजको तेस्रो खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । रोहितले भने पछिल्लो एक वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले दोस्रो खेलमा अर्धशतक बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी पनि बनेका थिए ।
अभिनाश पछिल्लो समय घरेलु फ्रेन्चाइज टि-२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टोलीको प्रारम्भिक छनोट हुँदै टोलीमा परेका हुन् । उनले केहि महिनाअघि काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीयटर्सबाट खेल्दै चर्चा बटुलेका थिए ।
सन्दीप जोरा पनि ईपीएल विजेता टोली ललितपुर प्याट्रीयट्समा राम्रो प्रदर्शन गर्दै टोलीमा स्थान बनाउन सफल बाहेक हुन् । उनले यू-१९ उमेर समुहको राष्ट्रिय टोलीबाट पनि प्रशंसनीय प्रदर्शन गर्दै आएका छन् । यूएईविरुद्ध तेस्रो ओडीआईमा उनले राम्रो सुरुवात पाएपनि बाउन्ड्रीनिर क्याचआउट भएका थिए ।
पहिलो खेलका लागि नेपाली टोली :
ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, पारस खड्का(कप्तान), दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, रोहित पौडेल, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, वसन्त रेग्मी, अभिनाश बोहोरा
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]