7 years ago
January 31, 2019
सुबास हुमागाईं, दुबई
मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि यूएईसँगको पहिलो टि–२० खेलमा नेपाल जितका लागि १ सय५४ रनको लक्ष्य पाएको छ । आईसीसी एकेडमी मैदानमा पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो ।

यूएईले दोस्रो ओभरको पहिलो बलमै ओपनर अस्फाक अहमदलाई २ रनमा गुमाएको थियो । सन्दीप लामिछानेले अस्फाकलाई वसन्त रेग्मिबाट क्याच गराए । त्यस्तै सोमपाल कामीले पाँचौ ओभरको तेस्रो बलमा गुलाम शब्बेरलाई ८ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाए ।
सीपी रिजवानले छैटौं ओभरको दोस्रो,तेस्रो र चौथो बलमा करणलाई चौका प्रहार गरे । रिजवान पनि क्रिजमा धेरै बेर जम्न पाएनन् । वसन्त रेग्मिले सातौं ओभरको चौथो बलमा प्रदीप ऐरीद्धारा क्याच गराउँदै २२ रनमा आउट गर्दिए । क्याच आउट हुनु अघि रिजवानले १९ बलमा चार चौका प्रहार गरेका थिए ।
मोहम्मद उस्मानले कप्तान पारसलाई १० औं ओभरको पाँचौ बलमा कडा छक्का हान्दै पहिलो १० ओभरमा ६३-३ को अवस्थामा पुर्याए । लगतै ११ ओभरको चौथो बलमा बसन्तलाई शाइमान अनवरले छक्का प्रहार गर्दै यूएईलाई विशाल योगफल तर्फ डोर्याए ।
राष्ट्रिय टिममा डेब्यू गरेका तीव्र गतिका बलर अभिनाश बोहोराले १२ औं ओभरमा १ चौका सहित ७ रन खर्चिए । करण केसीले १३ औं ओभरमा १ छक्का र २ चौका सहित १६ रन खर्चिन पुगे । १४ औं ओभरको पाँचौ बलमा मोहम्मद उस्मानलाई सोमपालबाट क्याच गराउदै सन्दीपले ६१ रनको साझेदारी तोडे । उस्मानले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रनको योगदान दिए ।
१७ ओभरको पाँचौ बलमा अभिनास बोहोराले सर्वाधिक रन बनाई आक्रमक रुपमा ब्याटिङ गरि रहेका अनवारलाई बोल्ड गर्दै डेब्यूमै पहिलो विकेट लिन सफल भए । बोल्ड आउट हुनु अघि अनवारले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रनमा आउट भए । मोहम्मद बूटा २० रनमा अविजित रहे ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मीले पनि २ विकेट लिँदा सोमपाल कामी र अभिनाश बोहोराले १-१ विकेट हात पारे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]