7 years ago
February 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मनकेसी चौधरीको कीर्तिमानी अर्धशतकसँगै पाकिस्तानमा जारी महिला नेत्रहीन क्रिकेटअन्तर्गत तेस्रो टी-२० खेलमा पाकिस्तान नेपालसँग १० विकेटले पराजित भएको छ ।

चौधरीले यससँगै अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरेकी छन् । पाँच टि-२० सिरिजको पहिलो खेलमा पनि पाकिस्तान नेपालसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो। यो जितसँग सिरिजमा नेपालले २-० को अग्रता लिएको छ ।
शनिवार इस्लावादको सिमाना रावलपिण्डीमा भएको तेस्रो खेलमा १०३ रनको लक्ष्य पक्ष्याएको नेपालले ७.३ ओभरमै पुरा गर्यो । ओपनर मनकेसी चौधरीले आक्रमक ब्याटिङ गर्दै मात्र २१ बल खेलेर नटआउट ५८ रन बनाइन् । बि टू क्याटेगोरी खेलाडी चौधरीले आफ्नो इनिङ्समा १० चौका प्रहार गरिन् ।
यस्तै अर्का ओपनर विनिता पुनले २४ बल खेल्दै ५ चौकाको मद्दतमा ३४ रनमा अविजित रहिन् । चौधरी र पुनबीच भएको १०३ रनको साझेदारी पनि महिला नेत्रहीन क्रिकेटमा कीर्तिमानी साझेदारी हो ।

पाकिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन जोडेको थियो । उसका लागि ओपनर तयावा फतिमाले सर्वाधिक २७ रन बनाइन् भनेद सादियाले १७ रन जोडिन् । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानले ३५ रन अतिरिक्तबाट पाएको थियो । मैदान ओसिलो रहेका कारण पहिलो इनिङ्समा नेपाली खेलाडीलाई फिल्डिङमा केही गाह्रो भएको थियो । तर अन्तिमतिर भने नेपालले राम्रो फिल्डिङ गर्दै पाकिस्तानलाई रन बनाउनबाट रोके ।
बलिङमा नेपालका लागि कप्तान भगवती भट्टराईले र मुना अर्याले १-१ विकेट लिइन् । भगवतीले ३ पाकिस्तानी खेलाडीलाई रनआउट समेत गरिन् । यस्तै सरिता घिमिरेल डाइरेक्ट हिटमार्फत एक रनआउट गरिन् ।
पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भइरहेको पाँच खेलको सिरिज अन्तर्गत चौथो खेल आइतबार र पाँचौ खेल सोमबार हुनेछ । दुवै खेल इस्लामावादस्थित शालिमार क्रिकेट स्टेडियममा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]