default_image

5 years ago

February 3, 2019

‘ज्ञानेन्द्रको फिल्डीङले जिताएको खेल’

सुबास हुमागाईं, दुबई नेपालले यूएईलाई टि-२० सिरिजको तेस्रो खेलमा १४ रनले पराजित गर्दा खेलको मुख्य आधार उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट फिल्डीङ रहयो । ज्ञानेन्द्रले खेलमा तीन शानदार क्याच लिँदै नेपालको जित पक्का गरेका थिए । उनले लिएका तीनै क्याच दर्शनीय थिए । ज्ञानेन्द्रले आठौं ओभरको पहिलो बलमा शाइमान अनवरलाई क्याच लिँदै पेभेलियन फर्काए । २० […]

46 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपालले यूएईलाई टि-२० सिरिजको तेस्रो खेलमा १४ रनले पराजित गर्दा खेलको मुख्य आधार उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट फिल्डीङ रहयो । ज्ञानेन्द्रले खेलमा तीन शानदार क्याच लिँदै नेपालको जित पक्का गरेका थिए ।

उनले लिएका तीनै क्याच दर्शनीय थिए । ज्ञानेन्द्रले आठौं ओभरको पहिलो बलमा शाइमान अनवरलाई क्याच लिँदै पेभेलियन फर्काए । २० बलमा ३० रन जोडेर खेलिरहेका शाइमानले करण केसीको बलमा गरेको लामो प्रहारलाई ज्ञानेन्द्रले लङ अनबाट कुद्दै अगाडीपट्टि डाइभ हानेर उत्कृष्ट क्याच लिए ।

नवौं ओभरको पाँचौ बलमा मोहमद बुटाले मिडविकेटतर्फ प्रहार गरेको लामो सटलाई पनि ज्ञानेन्द्रले बाउन्ड्रीनजिक उत्कृष्ट ढंगले समाउँदै नेपाललाई खेलमा कायम राखे । अन्तिम ओभरको पहिलो बलमा ज्ञानेन्द्रले लिएको क्याच भने सर्वोत्कृष्ट थियो । निकै लयमा रहेका सीपी रिजवानले सिधा बाउन्ड्रीतर्फ गरेको प्रहारलाई ज्ञानेन्द्रले लङ अनबाट कुद्दै बाउन्ड्री हुनलागेको स्थितिबाट डाइभ दिंदै एक हातले क्याच गरेका थिए ।

कप्तान पारस खड्का र ब्याटिङ कन्सल्टेन्ट उमेश पटवाल दुवैले खेलपछि बोल्ने क्रममा ज्ञानेन्द्रको क्याचको खुलेर प्रशंसा गरे । पटवालले त ज्ञानेन्द्रलाई खेलको ‘म्यान अफ द म्याच’ को हकदार नै रहेको बताए । उनका अनुसार ज्ञानेन्द्रसँग पटवालले आइतबार बिहानमात्र फिल्डीङले कसरी खेल जिताउन सकिन्छ भने विषयमा छलफल गरेको पनि बताए ।

‘आजको खेलमा मेरो लागि ज्ञानेन्द्र नै म्यान अफ द म्याच हुन् । आज विहान मात्र मैले ज्ञानेन्द्रसँग उसकै कोठामा लामो छलफल गरेको थिएँ । डेविड मिलरले १० रन मात्र जोडेको खेलमा फिल्डीङबाट म्यान अफ द म्याच जितेको उदाहरण दिएको थिएँ । खेलमा ज्ञानेन्द्रले जस्तो प्रदर्शन गरे, उनी नै खेलको म्यान अफ द म्याच हुन्,’ पटवालले भने ।

ज्ञानेन्द्रले लिएको क्याचका केहि तस्बिर र टोलीसँगको खुसियाली :

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.