7 years ago
February 9, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण वर्षाका कारण दुई दिन पछि सरेको छ । अर्थात सोमबारदेखि सुरु हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १२ लाखमा चित्त बुझाउँदा तेस्रोले ४ र चौथो हुने टोलीले २ लाख पाउनेछन् । डिपिएलमा सहभागी ६ फ्रेन्चाइज टोलीमध्य काठमाडौं गोल्डेन्स गत वर्षको उप -विजेता टोली हो । यसपटक गत वर्षको गल्ती सुधार गर्दै अगाडी बढ्ने गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ले बताएका छन् । गोल्डेन्समा खासै ठूला नाम गरेका खेलाडी छैनन् । सम्रगमा टिममा खेलाडी हेर्दा अनुभवी र युवा खेलाडीको मिश्रण छ ।
काठमाडौंका तीन महत्वपूर्ण खेलाडी :
ज्ञानेन्द्र मल्ल – नेपाली राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल काठमाडौंका कप्तान र महत्पूर्ण खेलाडी हुन् । गत वर्ष डिपिएलमा सर्वाधिक रन बनाउने पनि मल्लनै थिए । पछिल्लो समय मल्लले घरेलु र राष्ट्रिय टोलीबाट मिश्रीत प्रर्दशन गर्दै आएका छन् । गत वर्ष काठमाडौंलाई उपविजेता बनाउन मल्लको प्रर्दशन र कप्तानी दुवै उत्कृष्ट थियो । हुन त कुनै पनि टिममा ठूला नामका खेलाडी मात्र भएर हुँदैन । नेतृत्वमा पनि बढि निर्भर रहने गर्दछ । जुन गुण मल्लमा छ ।
मल्लले एक महिना अघि सम्पन्न एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सलाई उपाधि दिलाएका थिए । ईपीएलमा अन्य टिममको तुलनामा ललितपुरमा ठूला नामका खेलाडी थिएनन् । ठूला नामका खेलाडी मात्र होइन टोलीको आवश्यकता अनुसार प्रर्दशन गर्न सक्ने खेलाडी भए पुग्छ । त्यसैले काठमाडौंको नेतृत्व पक्ष वलियो रहेको छ । त्यस्तै मल्ल उत्कृष्ट फिल्डिङका लागि पनि परिचित छन् । केहि दिन अघि यूएईसँगको तेस्रो टि-२० खेल जिताउन मल्लले उत्कृष्ट फिल्डिङ गरेका थिए ।

राशिद खान – तीव्र गतिका बलर राशिद खान पछिल्लो समय घरेलु लिगमा सानदार प्रदर्शन गर्दै आएका छन् । राशिदको स्पले सामाना गर्न कुनै पनि ब्याट्सम्यानलाई सहज हुँदैन । पोखरा प्रिमियर लिगमा पोखरा पल्टनलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रर्दशन गर्दै राशिद उदयमान खेलाडी घोषित भएका थिए । राशिदले ईपीएलमा ललितपुरलाई च्याम्पियन बनाउन पनि सानदार प्रर्दशन गरे । राशिदको उत्कृष्ट प्रर्दशनमा काठमाडौको उपाधि जित्ने सपना साकार हुन धेरै सहज हुन सक्छ ।
गौरव तोमर – भारतीय मुलका ब्याट्सम्यान तोमर ठूला ठूला शट खेल्न माहिर छन् । तोमर पनि नेपाली फेन्चाइज लिगमा चर्चित नाम हुन् । पिपिएलमा उत्कृष्ट ब्याट्सम्यान घोषित भएका तोमरले ललितपुरलाई ईपीएलको उपाधि दिलाउन सानदार प्रर्दशन गरे । काठमाडौंलाई विशाल लक्ष्य बनाउन र पुरा गर्न गौरवको प्रर्दशन निकै महत्वपूर्ण हुनेछ ।
त्यस्तै यूएई टुरमा टिममा नपरेका अनिल कुमार शाहले पनि यसै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै कमब्याक गर्ने सोचका साथ कडा मेहिनत गरिरहेका छन् । जसबाट राम्रो प्रर्दशनको आसा गर्न सकिन्छ । स्पिनर ललित नारायण राजवंशीले पनि पछिल्लो एक वर्षमा सिनियर टिमबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
काठमाडौंको टिम :
ज्ञानेन्द्र मल्ल(कप्तान), ललित नारायण राजवंशी, अनिल कुमार साह, विक्रम भुसाल, राशिद खान, योगेन्द्रसिंह कार्की, नन्दन यादव, सोनु तामाङ, सुर्य तामाङ, मेहबुब आलम, सुधिर चौधरी, अभिनव यादव, विक्रम ठगुन्ना, गौरव तोमर (भारत), अकिंत दवास (भारत)
यो पनि पढ्नुहोस :
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]