7 years ago
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लामो समयपछि रोकिएको तलब पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलपछि खेलाडीले एकमुष्ट २ वर्षको पारिश्रमिक पाउन लागेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलाडीको तलबका लागि १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ राखेपको खातामा पठाएको छ । खातामा शनिबार रकम जम्मा भइसकेको उल्लेख गर्दै राखेपका प्रेस सल्लाहकार रोहित दाहालले सदस्य सचिव केशवकुमार विष्ट जिल्लाबाट फर्केपछि रकम वितरण गरिने बताएका छन् । उनले भने ,’अर्को साता रकम बितरण गर्ने सम्भावना छ । ‘
राष्ट्रिय टोलीमा रहेका खेलाडीको वर्गिकरणका आधारमा आईसीसीले सन् २०१७ र २०१८ रकम निकासा गरेको हो । टोलीमा रहेका खेलाडी तीन श्रेणीमा विभाजित छन् । ए श्रेणीका खेलाडीले मासिक ३५ हजार, बी श्रेणीका ले २५ हजार तथा सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउनेछन् ।
झन्डै एक वर्ष अघि नेपालले एक दिवसिय राष्ट्रको मान्यता पाएकोले खेलाडीको पारिश्रमिक अहिलेको भन्दा बढाउनका लागि राखेपले आईसीसीसँग पहल गर्ने राखेप प्रेस सल्लाहकार दाहालले हाम्रो खेलकुदलाई बताए ।
राष्ट्रिय टोलीका खेलाडीको वर्गिकरण
ए श्रेणी – कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी
बी श्रेणी – शक्ति गौचन, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, अनिलकुमार शाह
सी श्रेणी – विनोद भण्डारी, सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]