7 years ago
February 13, 2019
धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी अंकित दबासले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि काठमाडौं गोल्डेन्सले तेस्रो रुस्लान धनगढी प्रिमियर लिगको पाँचौ खेलमा महेन्द्रनगर युनाइटेडलाई १ सय ३५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले अंकित दबासको उत्कृष्ट ब्याटिङसँगै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन जोड्यो । दुवै ओपनर पेभेलियन फर्केपछि दोस्रो ओभरमा क्रिजमा आएका अंकितले नट आउट ६५ रन जोडे । उनले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
अंकितले योगेन्द्रसिंह कार्कीसँग मिलेर छैटौं विकेटका लागि अन्तिम ७ ओभरमा नटआउट ७६ रनको साझेदारी गरे । योगेन्द्रले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर राम्रो साथ दिए । यी दुईको उत्कृष्ट साझेदारीले काठमाडौंले जारी प्रतियोगिताको सर्वाधिक योगफल खडा गर्न सफल रहयो ।
काठमाडौंले खराब सुरुवातलाई निरन्तरता दिंदै दुवै ओपनरलाई सुरुवाती दुई ओभरमा गुमाएको थियो । अनिलकुमार शाह पहिलो ओभरको अन्तिम बलमा ६ रन जोड्दै मोहमद नविदको बलमा एलबीडब्लु भए । लगत्तै दोस्रो ओभरको पाँचौ बलमा अभिनाश बोहोराले गौरव तोमरलाई १ रनमा बोल्ड गरे ।
कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिएर खेल्ने प्रयास गरेपनि १४ रन जोडेको स्थितिमा सातौं ओभरमा सागर ढकालको बलमा कट बिहाईन्ड भए । अमरसिंह राउटेलाले १३ औं ओभरको दोस्रो बलमा महबुब आलम र छैटौं बलमा सोनु तामाङलाई बोल्ड गरेपछि काठमाडौं ५८-५ को कमजोर अवस्थामा पुगेको थियो । आलमले १९ बलमा २ चौका सहित १३ रन जोड्दा सोनु १ रनमा आउट भए ।
महेन्द्रनगरका लागि अमरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अभिनास बोहोरा,सागर ढकाल र मोहम्मद नाविदले समान एक-एक विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]