default_image

7 years ago

February 13, 2019

क्रिकेट अवार्ड फागुन तेस्रो साता

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा प्रथम एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड फागुन तेस्रो साता आयोजना हुने भएको छ ।

आयोजक सिप्यानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड फागुन २१ गते हुने जानकारी गराएको हो । नेशनल कलेज फर कम्प्युटर स्टडिज (एनसीसीएस) को मुख्य प्रायोजनमा हुने क्रिकेट अवार्डमा विभिन्न ५ विधा समावेश गरिएको छ ।
वर्ष क्रिकेट खेलाडी (पुरुष), वर्ष क्रिकेट खेलाडी (महिला), उदियमान वर्ष खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड गरी ५ विधा समावेश गरिएको छ ।

अवार्डका लागि सिप्यानले बुधबारै नेशनल कलेज फर कम्प्युटर स्टडिज (एनसीसीएस) सँग मुख्य प्रायोजन सम्झौता गरेको छ । सम्झौतामा सिप्यानका अध्यक्ष डाक्टर मनिषराज पाण्डे र एनसीसीएसका प्रधानाध्यापक शंकरराज जोशीले हस्ताक्षर गरे । एक वर्षे सम्झौताअनुसार अवार्डका लागि सबै खर्च एनसीसीएसले बेहोर्नेछ ।

अवार्डका लागि खेलाडी छनोट गर्न एक प्राविधिक समिति बनाइने र तोकिएको मापदण्डको आधारमा उक्त प्राविधिक समितिले सिफारिस गरेको खेलाडी पुरस्कृत हुने सिप्यानले जनाएको छ । नेपाली क्रिकेटको पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने एक पुराना क्रिकेट खेलाडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

वर्ष पुरुष खेलाडीले १ लाख ३२ हजार रुपैयाँ (करसहित) प्राप्त गर्नेछन् । वर्ष महिला खेलाडी, उदियमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ हात पार्नेछन् ।

सिप्यानका अध्यक्ष डाक्टर मनिषराज पाण्डेले वर्ष पुरुष र महिला खेलाडीको पुरस्कार राशिमा पछिल्लो समय महिला क्रिकेट सक्रिय नभइरहेको अवस्थाका कारण पुरस्कार राशीमा केही भिन्नता देखिएको र आगमी दिनमा यसबारे पुनर्विचार हुने बताए ।

यस्तै वर्ष उत्कृष्ट क्षणका पुरस्कारका लागि विभिन्न केहि विकल्प छनोट गरिने र पब्लिक भोटिङमार्फत विजेता घोषणा गरिने सिप्यानका महासचिव पारस खड्काले जानकारी गराए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.