7 years ago
February 23, 2019
धनगढी(हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनल खेलमा सिवाईसी अत्तरियालाई १ सय २४ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनायो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए ।
नाथलाई १६ ओभरको पहिलो बलमा सन्नी पटेले बोल्ड आउट गरेका थिए । कुशल मल्लले २५ रनको योगदान दिए । १५ ओभरको पहिलो बलमा रन आउट हुनु अघि २२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
तल्लो क्रमका रोहित कुमार पौडेलले आक्रमक रुपमा ब्याटिङ गर्दै २० बलमा समान १ चौका र छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए । महेन्द्रनगरले पहिलो विकेटका रुपमा दोस्रो ओभरको दोस्रो बलमा मोहम्मद नाविदलाई १० रनमा गुमायो ।
दिपेन्द्रसिंह ऐरीको बलमा कमलसिंह ऐरीले क्याच गर्नु अघि नाविदले ५ बलमा समान १ छक्का र चौका प्रहार गरे । यसै ओभरको अन्तिम बलमा आनन्द सुब्रमनियम २ रनमा रन आउट हुन पुगे । दिलिप नाथसँग रनको तालेमल गर्न नसक्दा सन्नी पटेलले आनन्दलाई रन आउट गराए ।

कप्तान दिपेन्द्रले ८ औं ओभरको पहिलो बलमा आरिफ शेखलाई ११ रनमा क्याच आउट गराए । सन्नीले क्याच गर्नु अघि आरिफले १७ बलमा १ चौका प्रहार गरे । लगतै अर्को बलमा कप्तान शरद भेषवाकर शुन्यमा रन आउट हुन पुगेपछि महेन्द्रनगर संकटमा परेको थियो ।
पाँचौ विकेटका लागि कुशल मल्ल र दिलिप नाथले ५१ रनको साझेदारी गर्दै महेन्द्रनगरको इनिङ उकासेका थिए । अंमरसिंह राउटेला १ ,अभिनास बोहोरा र साहव आलम शुन्यमा आउट भए । महेन्द्रनगरले ५ ब्याट्सम्यान रन आउटको रुपमा गुमाएको थियो ।
अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै र दिपेन्द्र राउतले २ र सन्नी पटेल एक विकेट लिए । रुस्लान डिपिएलको विजेताले ३० लाख र उप विजेताले १२ लाख प्राप्त गर्ने छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]