default_image

7 years ago

February 23, 2019

सन्नी चम्किँदा डिपिएलको उपाधि अत्तरियालाई

161 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

१ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन बनायो । यो जितसँगै अत्तरियाले ३० लाख प्राप्त गर्दा उप विजेता टोली महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो ।

अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा अभिनास बोहोरालाई पाँचौ बलमा सन्नी पटेलले छक्का हान्दै उपाधि जिताए । अत्तरियाको जितमा सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे । अत्तरियालाई उपाधि दिलाउन सन्नीले २६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४७ रनमा अविजित रहे ।

अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ बलमा १ चौका सहित मात्र १७ रन बनाउन सके । १७ ओभरको चौथो बलमा ऐरीलाई मोहम्मद नाविदले बोल्ड आउट गरे । ओपनर ज्ञानेन्द्र कुवँर जय किशन कोल्सावालाले ५ ओभरमा ३१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

पाँचौ ओभरको अन्तिम बलमा अभिनास बोहोराले ज्ञानेन्द्र कुवँरलाई ७ रनमा बोल्ड आउट गरे । सातौं ओभरको तेस्रो बलमा सन्दीप जोरा २ रनमा रन आउट गरे । अभिनासको बलमा सिद्धान्त लोहनीले उत्कृष्ट रन आउट गराएका थिए । ९ औं ओभरको पहिलो बलमा सागर ढकालले कोल्सावालाई ३० रनमा क्याच आउट गराए ।

अमरसिंह राउटेलाले क्याच गर्नु अघि २७ बलमा ५ चौका प्रहार गरे । लगतै तेस्रो बलमा रित गौतमलाई शून्यमा विकेटकीपर दिलिप नाथले स्टम्पिङ आउट गराएपछि अत्तरिया दवावमा परेको थियो । १० औं ओभरको अन्तिम बलमा भुवन कार्की ८ रनमा क्याच आउट भएपछि अत्तरिया ५४–५ को कमजोर अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले ३८ रनको साझेदारी गर्दै जितको आसा देखाएका थिए । त्यस्तै कमलसिंह ऐरी ३ रनमा आउट भए । सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाविदले २,साहव आलम र अभिनास बोहोरा समान एक विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनाएको थियो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए ।

नाथलाई १६ ओभरको पहिलो बलमा सन्नी पटेले बोल्ड आउट गरेका थिए । कुशल मल्लले २५ रनको योगदान दिए । १५ ओभरको पहिलो बलमा रन आउट हुनु अघि २२ बलमा १ चौका र २ छक्का प्रहार गरे । तल्लो क्रमका रोहित कुमार पौडेलले आक्रमक रुपमा ब्याटिङ गर्दै २० बलमा समान १ चौका र छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए ।

महेन्द्रनगरले पहिलो विकेटका रुपमा दोस्रो ओभरको दोस्रो बलमा मोहम्मद नाविदलाई १० रनमा गुमायो । दिपेन्द्रसिंह ऐरीको बलमा कमलसिंह ऐरीले क्याच गर्नु अघि नाविदले ५ बलमा समान १ छक्का र चौका प्रहार गरे । यसै ओभरको अन्तिम बलमा आनन्द सुब्रमनियम २ रनमा रन आउट हुन पुगे ।

दिलिप नाथसँग रनको तालेमल गर्न नसक्दा सन्नी पटेलले आनन्दलाई रन आउट गराए । कप्तान दिपेन्द्रले ८ औं ओभरको पहिलो बलमा आरिफ शेखलाई ११ रनमा क्याच आउट गराए । सन्नीले क्याच गर्नु अघि आरिफले १७ बलमा १ चौका प्रहार गरे ।

लगतै अर्को बलमा कप्तान शरद भेषवाकर शुन्यमा रन आउट हुन पुगेपछि महेन्द्रनगर संकटमा परेको थियो । पाँचौ विकेटका लागि कुशल मल्ल र दिलिप नाथले ५१ रनको साझेदारी गर्दै महेन्द्रनगरको इनिङ उकासेका थिए ।

अमरसिंह राउटेला १ ,अभिनास बोहोरा र साहव आलम शुन्यमा आउट भए । महेन्द्रनगरले ५ ब्याट्सम्यान रन आउटको रुपमा गुमाएको थियो । अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै र दिपेन्द्र राउतले २ सन्नी पटेल एक विकेट लिए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.