7 years ago
February 24, 2019
काठमदौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत चौथो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ । नेपालको जितमा नेरी थापाको बलिङ जितको बलियो आधार बन्न पर्याप्त रहयो ।

आइतबार बैंककमा भएको खेलमा हङकङले प्रस्तुत गरेको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त गर्यो । शीर्ष क्रमले बिर्सनलायक प्रदर्शन गरेपछि चौथो विकेटका लागि सरिता मगर र अप्सरी बेगमले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याएका थिए । सरिता र अप्सरीले ३२ रनको साझेदारी गरे । अप्सरीले ३५ बलमा ३ चौकको मदतले २४ रन जोडीन् । सरिता मगर १६ रनमा नटआउट रहिन् ।
नेपालको शीर्षक्रमले बिर्सनलायक प्रदर्शन गर्दा मध्यक्रम दबाबमा परेको थियो । तेस्रो ओभरको दोस्रो बलमा काजल श्रेष्ठ ४ रनमा जस्मिन टित्मुस एलबीडब्लू धरापमा परिन् । तीन बलपछि सिता रानामगर शून्यमा क्याचआउट भइन् । आठौं ओभरमा इन्दु बर्मा ४ रन जोड्दै स्टम्पिङ हुँदा अर्को ओभरमा कप्तान रुविना क्षेत्री पनि ६ रन जोड्दै सोहि तरिकाले आउट भइन् । रोमा थापा २ रन जोड्दै बोल्ड हुँदा नेरी थापा १ रनमा नटआउट रहिन् ।
त्यसअघि नेरी थापाले उत्कृष्ट बलिङ गरेपछि हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन जोडेको थियो । ओपनर यास्मिन दस्वानीले १६ रन र बेल्ला पुनले ११ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । तर नेरी थापाले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै लगातार ओभरमा शीर्ष ६ विकेट हात पारिन् । उनले ४ ओभरमा ८ रन खर्चेर ६ विकेट हासिल गरिन् । नेपालको लागि सिता रानामगरले पनि २ विकेट लिइन । नेरीको प्रदर्शन नेपालको टि-२० आई इतिहासमा सर्वोत्कृष्ट बलिङ हो । विश्व क्रिकेटमा पनि नेरीले तेस्रो स्थान प्राप्त गरेकी छिन् ।
मध्यक्रममा मारिना लाम्प्लोले १९ रन जोडेपछि हङकङले सम्मानजनक योगफल तयार पारेको थियो । कप्तान मारिको हिल र केरी चानले २-२ रन जोड्दा जस्मिन तित्मसले खाता खोल्न सकिनन् ।
नेपालले प्रतियोगितामा ४ खेल खेल्दै ३ जित र १ हार बेहोरेको छ । थाईल्यान्डले भने प्रतियोगिताको ४ मध्य ४ खेल जित्दै ८ अंक सहित शीर्ष स्थानमा बलियो पकड बनाएको छ । शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]