7 years ago
March 7, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रदेशस्तरीय छनोट चरणका ४ खेल गुमाउने भएका छन् । काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् ।

यसै महिना सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) का दौरान ज्ञानेन्द्रले कप्तानी गरेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेलमा उपस्थिति नजनाएपछि प्राविधिक समितिले उनलाई कारवाहीस्वरुप ४ खेल निलम्बन गरेको प्राविधिक समितिका प्रमुख बुद्धिबहादुर प्रधानले जानकारी दिए । आईसीसीको नियमअनुसार कुनैपनि टोलीले खेलमा सहभागी हुन नकारेको खण्डमा विपक्षी टोलीलाई विजयी घोषित गरिने र प्राविधिक समितिले कारवाही गर्ने प्रावधान रहेको छ । त्यसैअनुसार मल्ललाई कारवाही गरिएको अम्पायर प्रधानले बताए ।
‘ज्ञानेन्द्रलाई काठमाडौं गोल्डेन्सको कप्तानको हैसियतले ४ खेलको प्रतिबन्ध गर्ने निर्णय गरेका हौं । टोलीको जिम्मेवारी कप्तानले सम्हालेका कारण नियमअनुसार नै उनलाई कारवाही गरिएको हो । यससँगै उनले घरेलु टि-२० मा ४ खेल खेल्न पाउने छैनन् । प्रशिक्षक र व्यवस्थापकको हकमा पनि हामी भविष्यमा कारवाही गर्नेछौं,’ उनले भने ।
डिपिएलको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले प्राविधिक समितिले आफ्ना भारतीय खेलाडीलाई बलिङ गर्न प्रतिबन्ध लगाएपछि खेल बहिष्कार गरेको थियो । उक्त निर्णयको विरोधमा टोलीले खेलमा उपस्थिति जनाएन । यससँगै प्राविधिक समितले महेन्द्रनगर युनाइटेडलाई विजयी घोषित गरेको थियो ।
ज्ञानेन्द्रले ४ खेलको प्रतिबन्ध भोगेसँगै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश-३ स्तरीय छनोटका ४ खेल गुमाउने भएका छन् । उनले शुक्रबार छनोट अन्तर्गत काठमाडौंबाट खेल्ने तयारीमा रहेका थिए । प्रतिबन्धसँगै उनले छनोटका केहि खेल गुमाउने हाम्रो खेलकुदलाई बताए । ‘ प्रतिबन्ध भएको भए मैले आठौंअन्तर्गत छनोटका केहि खेल गुमाउने छु । भोली आफ्नो खेल भएकोले तयारीमा व्यस्त थिएँ । प्रतिबन्ध पूरा भएपछि मैदानमा उत्रनेछु,’ ज्ञानेन्द्रले भने ।
काठमाडौंले प्रदेश ३ छनोटको पहिलो खेलमा शुक्रबार नुवाकोटको सामना गर्दैछ । समूह चरणमा काठमाडौंले शनिबार चितवन र आइतबार भक्तपुरको सामना गर्दैछ । प्रतियोगिताको सेमिफाइनल खेलहरु सोमबार र फाइनल तथा तेस्रो मंगलबार हुने तालिका रहेको छ । काठमाडौंले सेमिफाइनल यात्रा तय गरेको खण्डमा ज्ञानेन्द्रले फाइनल अथवा तेस्रो स्थानको खेलमा सहभागिता जनाउन पाउनेछन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]