default_image

7 years ago

March 11, 2019

ज्ञानेन्द्र मल्लले फाइनल खेल नखेल्ने

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी ८ औं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तर्गत प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्तर्गत काठमाडौंबाट नेपाली राष्ट्रिय टोलीका ओपनर समेत रहेका ज्ञानेन्द्र मल्लले फाइनल खेल नखेल्ने भएका छन् ।

गत माघ १० मा धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाईटेडसँगको खेल बहिष्कार गरेको भन्दै टेक्नीकल कमिटीले मल्ललाई गत बिहिबार ४ खेलमा प्रतिबन्ध लगाएको थियो । आज काठमाडौं र ललितपुरबीच भएको सेमिफाइनल खेलसँगै मल्लको प्रतिबन्ध सकिएको छ ।

काठमाडौंले उपाधिको लागि लागि मकवानपुरसँग मंगलबार प्रतिस्पर्धा गर्दैछ । तर मल्लले फाइनल नखेल्ने जनाएका छन् । मल्लले पारिवारीक अस्वस्थताको कारण आफु पोखरामा रहेको कारण फाइनल नखेल्ने हाम्रो खेलकुदलाई जानकारी दिए ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा मकवानपुरले चितवनलाई ३४ रनले पराजित गरेको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा काठमाडौंले ललितपुरलाई ४ विकेटले पराजित गर्दै फाईनलमा मकवानपुरसँगको भेट पक्का गर्यो । फाईनल खेल मंगलबार दिउँसो १ बजेपछि मुलपानी क्रिकेट मैदानमा सुरु हुने छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.