7 years ago
March 12, 2019
एजेन्सी – अनुभवी ब्याट्सम्यान रोश टेलरले दोहोरो शतक प्रहार गरेपछि बंगलादेशसँगको दोस्रो टेस्टमा घरेलु टोली न्युजिल्यान्ड १२ रनको इनिङ अन्तरले विजयी भएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले पहिलो इनिङमा ६१ ओभरमा २ सय ११ रनमा समेटिएको थियो । जवाफी पहिलो इनिङमा न्युजिल्यान्डले ८४.५ ओभमा ४३२/६ को अवस्थामा पहिलो पाली समाप्त गरेको घोषणा गर्यो ।
न्युजिल्यान्डलाई विशाल योगफल तयार पार्न टेलरले २ सय १२ बलमा १९ चौका र ४ छक्का प्रहार गर्दै २ सय रनमा आउट भए । हेनरी निकोलसले १ सय ७ र कप्तान केन विलियम्सनले ७४ रनको योगदान दिए । बंगलादेशका अवु जायदले ३ र ताइजुल इस्लामले २ विकेट लिए ।

जवाफी दोस्रो इनिङ थालेको बंगलादेशले ५७ ओभरमा २ सय ९ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित हुन पुग्यो। बंगलादेशका लागि मोहम्मदुल्लाहले ६७,मोहम्मद मिथुन ४७,सादमन इस्लाम २९ र साम्य सरकारले २८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
न्युजिल्यान्डका नील वैगनरले ५ र ट्रेन्ट बोल्टले ४ विकेट लिए । योसँगै न्युजिल्यान्डले तीन टेस्ट श्रृंखला एक खेल अगावै २-० ले जितेको छ । तेस्रो तथा अन्तिम टेस्ट आगमी १६ मार्च देखी सुरु हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]