default_image

5 years ago

March 12, 2019

ज्ञानेन्द्र मल्ल नखेल्दा काठमाडौं फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरले आठौं राष्ट्रिय खेलकुदको क्रिकेटअन्तर्गत प्रदेश ३ स्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा काठमाडौंलाई १९ रनले हराउँदै उपाधि जित्न सफल भएको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । काठमाडौंका […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरले आठौं राष्ट्रिय खेलकुदको क्रिकेटअन्तर्गत प्रदेश ३ स्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा काठमाडौंलाई १९ रनले हराउँदै उपाधि जित्न सफल भएको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । काठमाडौंका लागि रोविन जोशीले २५, ईशान पाण्डेले ३४, जितेन्द्रसिंह ठकुरीले ३०, भुपेन्द्र थापा १० रनमा आउट हुँदा शरद खड्का १२ र अभिनास अधिकारी ५ रनमा नट आउट रहे । मकवानपुरका लागि असिम श्रेष्ठ २,राम नरेश गिरी,रिजन ढकाल र राजिभ यादवले समान एक विकेट हात पारे ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको मकवानपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमउँदै १ सय ५४ रन बनाएको थियो । मकवानपुरका लागि सुमन सुनारले ४४, रिजन ढकाल २६ र राजन यादवले १८ रन बनाए । काठमाडौंका लागि जितेन्द्रसिंह ठकुरीले ३, ईशान पान्डे, अभिनास अघिकारी, दिपक बोहोरा र शरद खड्काले समान एक विकेट आफ्नो नाममा लेखाए ।

विजेता टोलीले मेडल र प्रमाण पत्र पाए । फागुन २२ देखी सुरु भएको प्रतियोगितामा काठमाडौं, चितवन, नुवाकोट, भक्तपुर, मकवानपुर, काभ्रेपलान्चोक र ललितपुर गरि ७ जिल्लाको सहभागिता रहेको थियो ।

उप विजेतामा सिमीत भएपछि काठमाडौंका प्रशिक्षक सुनोज भट्टराईले ज्ञानेन्द्र मल्ल खेलेको भए उपाधि जित्न सक्ने बताए । ‘ज्ञानेन्द्र नहुँदा र हाम्रा तीन खेलाडी यू-१९ प्रशिक्षणमा जादा पनि हामी केहि कमजोर बन्यौ । मल्ल खेलेको भएपनि धेरै सहज हुन सक्थ्यो। प्रमुख ४ खेलाडी नहुँदा खेलको प्रर्दशनमा केहि असर पर्यो । तरपनि हामी बलियो नै थियौ । बीचमा ३,४ ओभरमा अलि बढि रन खर्चिदा हार्न पुग्यौं”, भट्टराईले हाम्रो खेलकुदसँग भने । त्यस्तै मल्ल नहुँदा खल्लो महसुस भएको बताए ।

किन खेलेनन् ज्ञानेन्द्र मल्ल ?

माघ १० मा धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाईटेडसँगको खेल बहिष्कार गरेको भन्दै टेक्नीकल कमिटीले मल्ललाई गत बिहिबार ४ खेलमा प्रतिबन्ध लगाएको थियो । जस अनुसार मल्लले सुरुवाती चार खेल खेल्न पाएनन् । तर सोमबार भएको सेमिफाइनल खेलमा काठमाडौंले ललितपुरलाई ४ विकेटले पराजित गयो । यसै सेमिफाइनलबाट मल्लको प्रतिबन्ध सकिएको थियो । मल्लले फाइनल खेल्ने आसा गरिएको थियो तर मल्लले पारिवारीक अस्वस्थताको कारण देखाउँदै फाइनल नखेल्ने बताएका थिए ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.