default_image

5 years ago

March 13, 2019

अष्ट्रेलियालाई उपाधि खडेरी तोड्ने अवसर !

48 views

0 Bookmark

एजेन्सी – भारतसँगको अन्तिम तथा पाँचौ वान डे खेल पाहुना टोली अष्ट्रेलियाले आज खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी फिरोज शाह मैदान कोटला दिल्लीमा सुरु हुने छ ।

चौथो खेलमा अष्ट्रेलियाको सानदार जितसँगै सिरिज २-२ को अवस्थामा छ । आजको खेलको विजेताले सिरीज पनि जित्ने छ । दुवै टोली आजको खेल आफ्नो पक्षमा पार्दै सिरीज जित्न चाहान्छन् । अष्ट्रेलिया भने सिरिज उपाधिको खडेरी तोड्न चाहान्छ । सन् २०१७ जनवरीमा पाकिस्तानलाई ४-१ ले हराउँदै सिरीज जितेको अष्ट्रेलियाले त्यस यताका ६ वान डे सिरीजमा लगातार गुमाएको छ ।

गत मार्चमा तत्कालिन कप्तान स्टिभ स्मिथ र उप कप्तान डेविड वार्नर बल टेम्परिङ काण्डका कारण १ वर्षे प्रतिबन्धमा परेपछि अष्ट्रेलियाले लगातार कमजोर प्रर्दशन गर्न पुग्यो । यी दुवै खेलाडीको प्रतिबन्धपनि आगमी मार्च २९ देखी सकिने छ । यसका बाबजुद जारी भारतसँगको सिरीजमा भने अष्ट्रेलियाले अब्बल प्रर्दशन गरेको छ । चौथो वान डे खेलमा ३ सय ५९ रनको लक्ष्य पुरा गरेको अष्ट्रेलियाको मनोबल पनि उच्च छ । त्यसैले पनि १४ महिनापछि अष्ट्रेलियालाई वान डे सिरीज जित्न राम्रो अवसर छ।

एस्टन टर्नरको विष्फोटक अर्धशतक, पिटर हेन्डस्कम्वको शानदार शतक,उस्मान ख्वाजाको उत्कृष्ट ब्याटिङ र प्याट कमिन्सको उत्कृष्ट बलिङमा चौथो खेल सानदार तरिकाले जितेको थियो । पाँचौ खेलमा पनि भारतलाई हराउँन यी खेलाडीसँगै ग्लेन म्याक्सवेल, शन मार्श, एलेक्स केरी र कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गर्न आवश्यक देखिन्छ ।

यता भारतलाई ४ नम्बर ब्याटिङकै चिन्ता छ । पछिल्लो दुई वर्ष यता लगातार ४ नम्बर ब्याटिङ परिवर्तन गरि रहेको भारतले केहि समय यता आम्बाती रायडूलाई प्रयोग गरेको थियो । तर जारी सिरीजको सुरुवाती ३ खेलमा प्रर्दशन सन्तोकजनक हुन नसकेपछि चौथो नम्बरमा केएल राहुललाई मैदान उतार्यो । राहुल २६ रनमा आउट भए । त्यसैले आजको खेलमा रायडु वा राहुललाई उतार्ने भन्नेमा भारत दोधारमा छ ।

फिरोज शाह कोटला स्पिनरलाई बढि साथ दिने हुँदा पनि भारतले आज चाहाल, कुलदीप र जडेजा तीनलाई नै मैदान उतार्न सक्ने संभावना पनि देखीन्छ । मैदान छोटो हुँदा तीन तीव्र गति र दुई स्पिनरलाई मात्र उतार्ने संभावना पनि उतिनै छ ।

पछिल्लो खेलमा शिखर धवनले शतक र रोहितले उत्कृष्ट अर्धशतक प्रहर गरेका थिए । यी दुई खेलाडी लामो समय देखी खराब लयमा रहँदा चिन्तामा रहेको भारतका लागि भने अब लय समाउँदा केहि सहज हुने छ । त्यस्तै महेन्द्रसिंह धोनीलाई अन्तिम दुई खेलमा आराम दिदा युवा खेलाडी ऋषभ पन्तलाई टोलीमा मौका दिएको छ । तर चौथो खेलको नतिजापछि केहि स्टम्पिङ चुकाएको भन्दै कप्तान विराट कोहलीलेनै असन्तुष्टि जनाएका थिए ।

टी२० सिरीज २-० ले गुमाएको भारत अष्ट्रेलिया भन्दा केहिबढि दवावमा रहने छ । भारतको यो विश्वकप अघि अन्तिम वान डे खेल पनि हो भने अष्ट्रेलियाले पाकिस्तानसँग मार्च २२ देखी ३१ सम्म ५ वान डे सिरीज खेल खेल्दै छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.