default_image

7 years ago

March 14, 2019

विराटको कप्तानीमाथि उठ्यो प्रश्न

136 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियासँगको पाँच वान डे सिरीज घरेलु टोली भारतले ३-२ गुमाएको छ । सुरुवाती दुई खेल जितेको भारतले पछिल्ला तीन खेलमा लगातार पराजित हुँदै घरेलु मैदानमा सिरीज गुमायो ।

बुधबार दिल्लीमा भएको अन्तिम तथा पाँचौ खेलमा अष्ट्रेलियासँग ३५ रनले हार्दै सिरीज गुमाउन पुग्यो । क्रिकेट ईतिहासमा पाँच वान डे श्रृखंलामा सुरुवाती दुई खेल जितेर लगातार तीन खेल हार्दै सिरीज गुमाएको भारतले पहिलो पटक हो । यो नतिजासँगै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमाथि प्रश्न उठ्न थालेको छ । भारतीय पुर्व स्पिनर विशन सिंहले कोहलीको कप्तानीमाथि प्रश्न उठाउदै भनेका छन्, आधा कप्तान समेत रहेका विकेटकीपर महेन्द्रसिंह धोनीलाई आखिर दुई खेलमा विराटले किन आराम दिए ?

सिंहले भनेका छन्, ‘धोनी आधा कप्तान हुन्,धोनी टिममा नहुँदा विराट दुविधामा पर्ने गर्दछ,विराटको प्रर्दशनमा पनि कमजोर देखिन्छ । तरपनि मलाई अचम्म लागि रहेको छ की धोनीलाई अन्तिम दुई खेलमा विराटले किन आराम दिए ।’

‘हो, धोनी अब युवा छैनन् तर पनि धोनीको जोस, जाँगर र फुर्ती भने पहिलाको भन्दा कुनै कम छैन । अहिले पनि धोनीको टिममा धेरै आवश्यक छ । धोनीले खेलको दौरानमा राम्रो सल्लाह दिने गर्दछन्,खेलाडीले पनि राम्रो गर्ने गर्दछन् । यो नतिजाले भारतको भविष्यको संकेत भने राम्रो देखिदैन’,सिंहले भने ।

कप्तान विराट कोहलीले तेस्रो खेलमा भारत ३२ रनले पराजित भएपछि धोनीलाई आराम दिँदै युवा विकेटकीपर ऋषभ पन्तलाई अन्तिम दुई खेलमा मौका दिएका थिए । टी-२० सिरीज पनि भारतले २-० ले गुमाउन पुगेको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.