7 years ago
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी प्रमुख खेलाडी सरिता मगरलाई आरएनबी बिजिनेसले प्रायोजन गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले सरितालाई एक वर्षको लागि प्रायोजन गर्ने जनाएको हो ।

आरएनबीका सिईओ नितेश केसीले सरितालाई एक वर्षको लागि प्रायोजन गर्न लागेको जानकारी दिए । आरएनबीले सरितालाई टेस्ट र वान डे खेलाडीले खेल्ने स्तरको आवश्यक पर्ने सम्पूर्ण सामग्री उपलब्ध गराउने जनाएको छ । आरएनबीका सिईओ नितेश केसी र मगरले सम्झौता पत्रमा हस्ताक्षर गर्दै एक आपसमा आदान प्रदान गरे ।
नेपाली महिला क्रिकेट खेलाडीलाई प्रायोजन गर्ने आरएनबी पहिलो कम्पनी बनेको छ । सरिता प्रायोजन पाउने पहिलो महिला क्रिकेटर समेत बनिन् । सम्झौतापछि बोल्दै सरिताले एकदमै खुसि लागेको र महिला क्रिकेट यस्तै सहयोग पाएको खण्डमा अझ अघि बढ्ने बताइन् । आरएनबीका तर्फबाट बोल्दै पूर्व राष्ट्रिय खेलाडी अभय रानाले यसभन्दा अघि पुरुष क्रिकेटलाई सहयोग गर्दै आएको र अब महिला क्रिकेटलाई पनि सहयोग गर्ने बताए । आगामी दिनमा अरु महिला क्रिकेट खेलाडीलाई पनि प्रायोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाली महिला क्रिकेटका प्रशिक्षक विनोद दासले यस्ता स्पोन्सरहरुले महिला क्रिकेट अघि बढ्ने बताए । आरएनबीले हाल राष्ट्रिय टोलीका कप्तान पारस खड्का, रोहित कुमार पौडेल, सोमपाल कामी ,शक्ति गौचनलगायतलाई आवश्यक सामग्री प्रदान गर्दै आईरहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]