7 years ago
March 16, 2019
एजेन्सी – दक्षिण अफ्रिकी अलराउण्डर जेपी ड्युमिनिले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्डमा हुने एक दिवसिय विश्वकपपछि ओडीआई क्रिकेटबाट सन्न्यास लिने जनाएका छन् ।

ड्युमिनीले टेस्ट क्रिकेटबाट सन् २०१७ मै सन्न्यास लिएका थिए भने टी-२० क्रिकेटलाई निरन्तरता दिने इच्छा राखेका छन् । ड्युमिनीको यो तेस्रो वान डे विश्वकप हुने छ। यस भन्दा अघि सन् २०११ र सन् २०१५ को विश्वकपको अनुभव बटुलिसकेका छन् । २००४ मा श्रीलंकासँग कोलोम्वोमा डेब्यू गरेका ३४ वर्षिय ड्युमिनिले हालसम्म १ सय ९३ वान डे खेल खेलेका छन् ।
उनले १ सय ७५ इनिङमा ४० पटक नट आउट रहँदै ३७.३८ को औसतमा कुल ५ हजार ४७ रन जोडेका छन् । उनको उत्कृष्ट स्कोर १ सय ५० नट आउट छ । ४ शतक २७ अर्धशतक उनको वान डे करियरमा सामेल छ । त्यस्तै उनले वान डे क्रिकेटमा ६८ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ४/१६ छ ।
ड्युमिनीलाई उत्कृष्ट फिल्डरको रुपमा पनि चिनिन्छ । पछिल्लो समय खेलाडीहरुले विश्वकपपछि सन्न्यास लिने घोषणा गर्न थालेका छन् । यसअघि दक्षिण अफ्रिकी स्पिनर ईमरान ताहिर र वेस्ट इन्डिजका ओपनर क्रिस गेलले पनि विश्वकप पछि सन्न्यास लिने घोषणा गरिसकेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]