default_image

7 years ago

March 16, 2019

क्यानडाको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडाले भारतीय मोन्टी देशाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । यहि अप्रिल २० देखी नामिवियामा सुरु हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्वालिफायरको लागि क्यानाडाले देशाईलाई भित्र्याएको हो । यसअघि उनले क्यानाडाको ब्याटिङ कन्सल्टेन्ट रुपमा काम गरिसकेका छन् ।

गत वर्ष एकदिवसिय विश्वकप छनोटमा अफगानिस्तानलाई च्याम्पियन बनाउन मोन्टीको महत्त्वपूर्ण भुमिका रहेको थियो । इन्डियन प्रिमियर लिगमा राजस्थान रोयलको प्रशिक्षक रहिसकेका देशाईले नेपाली ब्याटिङ कन्सल्टेन्टको रुपमा काम गरिसकेका छन् । सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा देशाई नेपाली टोलीसँग रहेका थिए । त्यसअघि सन् २०१४ को विश्वकपमा पनि उनी नेपाली टोलीमा आबद्ध थिए  । त्यस्तै सन् २०१७ मा भएको यू-१९ एसिया कपमा पनि मोन्टि टोलीसँग ब्याटिङ कन्सल्टेन्टका रुपमा थिए । त्यसबेला नेपालले भारतविरुद्ध ऐतिहसिक जित पनि दर्ता गरेको थियो ।

क्रिकेट जानकारका अनुसार मोन्टी नेपालको दिर्घकालीन प्रशिक्षक बन्न ईच्छा राखेका थिए । तर क्रिकेट संघ नभएको अवस्थामा त्यो सम्भव नभएपछि अफगानिस्तानको ब्याटिङ प्रशिक्षकको रुपमा गत वर्ष विश्वकप छनोटसम्म अनुबन्ध भए । डिभिजन टु मा आयोजक नामिविया सहित क्यानडा, ओमन, पपुवा न्युगिनी, अमेरीका र हङकङले प्रतिस्पर्धा गर्दै छन् ।

क्यानडाले गत वर्ष नामिबियामै नेपालसँग अन्तिम खेलमा १ विकेटको नाटकीय हार ब्योहोरेको थियो । करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि क्यानडा डिभिजन टु मै रहँदा नेपाल आईसीसी विश्वकप छनोट खेल्न पाएको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.