default_image

7 years ago

March 17, 2019

‘विश्वकप पुर्याउने जिम्मेवारीलाई अवसरको रुपमा लिएको छु’ – रोहित पौडेल

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू१९ विश्वकप छनोट अभ्यासको लागि नेपाली टोली शनिबार दिउँसो भारत प्रस्थान गरेको छ । नवनियुक्त कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १८ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

भारतमा नेपाली टोलीले आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेल्ने छ । यहि अभ्यासमा गरेको प्रर्दशनको आधारमा हाल टोलीमा रहेका १८ खेलाडीबाट विश्वकप छनोटको लागि अन्तिम १४ खेलाडीको टुङ्गो लाग्नेछ । मलेसियामा अप्रिल १२ देखी १८ तारिखसम्म हुने छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, सिंगापुर, ओमान र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

छनोटको शीर्षस्थानमा रहने टोलीले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ एकदिवसिय विश्वकप खेल्न पाउने छ । राष्ट्रिय टिम तथा घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका खेलाडीको बाहुल्यता रहेको नेपाली टोली तुलानात्मक रुपमा छनोट हुने प्रमुख दावेदार मानिएको छ ।

शुक्रबार घोषणा भएको १८ सदस्य टोलीमा नेपाली टोलीको कप्तानी पछिल्लो सयम राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रर्दशन गर्दै आईरहेका युवा खेलाडी रोहित कुमार पौडेललाई दिईएको छ । रोहितसँग भारत प्रस्थान गर्नु अघि हाम्रखेलकुद डटकमले यू–१९ विश्वकप छनोटमा सम्बन्धित रहेर छोटो कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

पहिलो पटक कप्तानको भुमिका पाउँदा कस्तो लागिरहेको छ ?

  • एकदमै खुसी लागिरहेको छ । योसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छु । राम्रो लागि रहेको छ ।

१८ सदस्य टोली घोषणा भएको छ, कस्तो छ टिम ?

  • टोली राम्रो छ । मलाई त पहिलेको भन्दा धेरै बलियो भएको लागेको छ । हामी यो भन्दा पहिला खेल्दा सबै नयाँ खेलाडी थिए, कसैसँग अनुभव थिएन । यो पटक केहि राष्ट्रिय र अन्य घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका अनुभवी खेलाडी छन् । त्यसैले पनि टिम धेरै राम्रो बनेको छ ।

भारतमा हुने अभ्यासबाट के आसा राख्नु भएको छ ?

  • सबै खेलाडीमा प्रतिस्पर्धा देखिन्छ । हामी त्यहाँ गरेर राम्रो खेल्छौं । स्टेट खेलेका खेलाडीसँग खेल्न पाउनु हामीलाई राम्रो अवसर पनि हो ।

अहिले टोलीको सबैभन्दा बलियो पक्ष के छ ?

  • यसपटक ब्याटिङ धेरै बलियो छ । धेरै ब्याट्स्म्यान अनुभवी छन् । बायाँ हाते ब्याट्सम्यानहरु राम्रो गरिरहेका छन् । अभ्यासमा पनि राम्रो देखिएको छ ।

सधैं बलियो मानिने स्पिन बलिङ यस पटक कस्तो छ नि ?

  • स्पिन पनि एकदमै राम्रो छ । सागर ढकाल,सुर्य तामाङ,पवन सरार्फ छन् । मिडियम पेशमा राशिद खान,कमल सिंह ऐरी जस्ता बलर छन् । बलिङ पनि उतिकै बलियो छ ।

तपाईले यसअघि उमेर समूह र राष्ट्रिय टोली दुवैबाट शीर्षक्रममा ब्याटिङ गर्ने ईच्छा राख्दै आउनु भएको थियो । यस पटक आफैं कप्तान हुनु भयो,के शीर्षक्रममा ब्याटिङ गर्नुहुन्छ ?

  • अब टिममा के आवश्यक पर्छ त्यहि अनुसार खेल्ने हो,मैले चाहेर हुँदैन । टिमले चाहे माथि नत्र जहाँ आवश्यक हुन्छ त्यहिँ खेल्छु । अहिले मैले फोर वा फाईभ डाउनमा आएर ब्याटिङ गर्छु होला ।

तपाईलाई यो एउटा राम्रो अवसर हो,यहाँ राम्रो गर्न सके घरेलु फ्रेन्चाईज लिग हुँदैपछि राष्ट्रिय टिमकै कप्तान बन्ने बाटो पनि खुल्छ नि ?

  • हो,यो त मेरो लागि सबै भन्दा ठुलो अवसर हो । यहाँ राम्रो गर्न सके सबैको नजरमा पनि परिन्छ । मेरो लागि जिम्मेवारीसँगै ठूलो अवसर छ । म राम्रो गर्न खोज्ने छु ।

तपाईलाई पहिलो कप्तानीमै उपाधि दिलाउँदै विश्वकप खेलाउने अवसर पनि छ नि ?

  • हो, मलाई टिममाथि पुर्ण विश्वास छ । हामी छनोट जित्दै विश्वकप खेल्ने छौं । म सकारात्मक छु । टिम राम्रो छ । राम्रो खेल्दै आएका पनि छौं । राम्रो खेल्नेछौं र हामीले नै जित्नेछौं ।

विश्वकप खेल्नेमा तपाई कतिको आसावादी हुनुन्छ ?

  • हामी विश्कप खेल्नेछौं भन्नेमा मलाई पूर्ण विश्वास छ । छनोटमा सबै ब्याट्सम्यानहरु जिम्मेवार भएर खेल्न भने आवश्यक छ ।
Rohit half century
अर्धशतक बनाएपछि रोहित कुमार पौडेल

विश्वकप छनोटमा विपक्षी टोलीलाई कसरी लिनु भएको छ ?

  • मैदानमा सबै एकै हुन् । तर कागजी रुपमा हामी धेरै बलियो छौं । युएई पनि बलियो नै देखिन्छ । तर हामी अरुको तुलनामा बलिया छौं ।

नेपाली क्रिकेटमा तपाईको सपना ?

  • मेरो मात्र होइन सबैको सपना टेस्ट राष्ट्र बन्ने छ । हामीले पछिल्लो एक वर्षमा धेरै राम्रो गरिरहेका छौं । अझै तीन वर्ष ओडीआई मान्यता हामीसँग रहनेछ । यसैलाई सदुपयोग गर्दै नेपाललाई टेस्ट खेलाउने सपना छ ।

तपाईको विचारमा यो सफलता नेपालले कति वर्षमा प्राप्त गर्न सक्छ होला ?

  • पहिला त प्रशिक्षक र स्टाफहरु राम्रो आउन पर्यो । राम्रो प्रशिक्षक र स्टाफ आए खेलाडीहरुले आफुलाई विकास गर्दै लैजान्छन् । त्यसो हुने हो भने लामो समय पनि पर्खनु पर्छ जस्तो लाग्दैन । ६-७ वर्षमै पनि पाउन सकिन्छ की जस्तो लाग्छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.