7 years ago
March 17, 2019
एजेन्सी – श्रीलंकासँगको पाँच खेलको वान डे सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले ५-० ले क्लिनस्विप गर्दै जितेको छ ।

शनिबार राती भएको पाँचौ तथा अन्तिम वान डे खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४१ रनले विजयी भएसँगै अफ्रिकाले सिरिज क्लिनस्विप गर्न सफल भयो । २ सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा १ सय ३५ रन बनाउन २ विकेट गुमाउँदा खराब फ्लडलाइटका कारण खेल रोकिन पुगेको थियो ।
दक्षिण अफ्रिकाका लागि युवा ब्याट्सम्यान एडेन मार्करामले ७५ बलमा ७ चौका प्रहार गर्दै ६७ र रस्सी भान डर डुसेन २८ रनमा अविजित रहे । क्विन्टन डी कक ६ र कप्तान फाफ डु प्लेसिस २४ रनमा आउट भए । श्रीलंकाका लागि लाथिस मलिङ्गा र थिसेरा परेराले समान एक विकेट हात पारे ।
त्यसअघि कप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय २५ रनमा समेटिएको थियो। श्रीलंकाका लागि कुशल मेन्डिसले ८४ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै एन्जिलो परेरा ३१,प्रियमल परेरा ३३,इसुरु उडना ३२ र ओशदा फ्रनान्डोले २२ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
अफ्रिकाका लागि कागिसो रबाडाले ३,ईमरान ताहिरले र एनरोच नोर्टजले समान दुई दुई विकेट लिए । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा ८ विकेट,दोस्रो खेलमा १ सय १३ रन,तेस्रो खेलमा ७१ रन र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]