7 years ago
March 19, 2019
एजेन्सी – क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिता भनेको विश्वपक नै हो । क्रिकेट खेल्ने जो कोही खेलाडीको सपना आफ्नो राष्ट्रको जर्सीमा विश्वकप खेल्ने हुन्छ । व्यवसायिक क्रिकेटमा भने सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) लाई मानिन्छ । त्यसैले धेरै खेलाडीको सपना आईपीएल खेल्ने हुने गर्दछ ।

सन् २००८ देखी सुरु भएको आईपीएल १२ औं संस्करण आगमी मार्च २३ देखी भारतका विभिन्न शहरमा हुँदै छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्ने हुँदा धेरै नेपाली समर्थकको ध्यान दिल्लीतिरै केन्द्रित हुनेछ । आईपीएलमा ८ फ्रेन्चाइज टोली छन् । होम र अवे मैदानमा गरि एक आपसमाको प्रतिस्पर्धापछि शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् ।
एक टिममा अधिकतम २५ जना खेलाडी राख्न पाइन्छ । एक खेलमा अधिकतम ४ विदेशी खेलाउन पाउने आईपीएलको नियम छ । हालसम्म महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सलाई आईपीएलकै सर्वाधिक सफल र सन्दीप लामिछाने रहको दिल्ली क्यापिटल्सलाई असफल टिम मानिन्छ । १२ औं संस्करणको उपाधि जित्ने लक्ष्य सहित सम्पूर्ण टिम र खेलाडीले कडा मिहेनेत गर्दै अभ्यास अन्तिम अन्तिम चरणमा पुर्याएका छन् ।
कुनै पनि प्रतियोगिता कस्तो हुन्छ भन्ने त्यसको व्यवस्थापन हेरेनै थाहा हुन्छ । त्यस्तै कुन टिम कस्तो छ र प्रतियोगितामा कस्तो प्रर्दशन गर्न सक्छ भन्ने कुरा त्यस टिममा रहेका खेलाडी, ती खेलाडीको पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रर्दशन, युवा खेलाडीले गर्न सक्ने प्रर्दशन र प्रशिक्षकको क्षमतालाई हेरेर भन्न सकिन्छ । त्यसैअनुसार हाम्रोखेलकुद डट कमले आईपीएलको उपाधि जित्ने तीन दावेदार टोलीको विश्लेषण यसरी प्रस्तुत गरेको छ :
यो पनि : आईपीएल जित्न सक्ने तीन टिम (भाग १)
२. रोयल च्यालेन्जर बेंगलोर
भारतीय राष्ट्रिय टोलीका कप्तान समेत रहेका विराट कोहलीको कप्तानीमा रहेको बेङ्लोरलाई खेलाडी अनुसारको प्रर्दशन गर्न नसक्नुका कारण आईपीएलमा अभागी टिम भन्ने गरिन्छ । युनाईटेड स्प्रिट्स प्रा.लीको स्वामित्वमा रहेको बेंगलोर ३ पटक फाईनलमा पराजित भएको छ । २ पटक प्ले अफमा पुग्दा अन्य संस्करणमा समूह चरणबाटै बाहिरिएको छ ।

बेंगलोर पनि जारी आईपीएलमा उपाधिको दावेदार टिम हो । कप्तान विराटसँगै दक्षिण अफ्रिकी विष्फोटक ब्याट्सम्यान एबी डी भिलियर्स बेंगलोरको प्रमुख हतियार हुन् । डी भिलियर्स जब लयमा आउँछन् भने एकै ओभरमा खेल आफ्नो पक्षमा पार्न सक्छन् । ठूला ठूला सट प्रहार गर्नु डीभिलियर्सको विशेषता नै हो । पछिल्लो समय देखिएको विराटको लयलाई रोक्न विपक्षी जोकोही बलरलाई कठिन हुनेछ । विराटले रन मेसिन र किङ कोहलीको उप नामनै पाएका छन् ।
त्यस्तै अष्ट्रेलियाबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका मार्कस स्टोइनिस, इंग्ल्यान्डका मोईन अली, न्युजिल्यान्डका कोलिन डी ग्राण्डहोम, भारतीय युवा अलराउण्डर शिवम दुबेको अलराउन्ड प्रर्दशनमा बेंगलोरले पहिलो उपाधि जित्न सक्छ । तीव्र गतिको बलिङमा टिम साउदी, मोहम्मद सिराज, नाथन कुल्टर नाईल, उमेश यादव हुँदा बेंगलोर निकै बलियो देखिएको छ । भारतीय टिममा पछिल्लो समय पहिलो रोजाईमा पर्दै आएका स्पिनर युजवेन्द्र चाहाल स्पिन्म मुख्य हतियार हुन् । वासिन्टन सुन्दर र वेस्ट इन्डिजबाट उत्कृष्ट ब्याटिङ गर्दै आई रहेका युवा खेलाडी शिम्रण हिटमेयरले बेंगलोरको मध्यक्रम अझ बलियो बनेको छ ।
बेंगलोरको पूर्ण टोली : विराट कोहली (कप्तान), एबी डी भिलियर्स, पार्थिव पटेल, मार्कस स्टोइनिस, मोईन अली, कोलिन डी ग्राण्डहोम, नाथन कुल्टर नाइल, युजवेन्द्र चाहल, शिम्रण हिटमेयर, उमेश यादव, मोहम्मद सिराज, वासिंगटन सुन्दर, शिवम् दुबे, पवन नेगी, टिम साउदी, नवदीप सैनी, कुलवन्त खेजरोलिया, गुरुकीरत मान सिंह, देबदत्त पाडिक्कल, हेनरिक क्लासेन, हिम्मत सिंह, मिलिन्द कुमार, रे बर्मन र आक्सदिप नाथ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]