default_image

7 years ago

March 19, 2019

‘आईपीएल उपाधि जित्ने मौका छ’ – सन्दीप

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल खेल्न बुधबार दिल्ली जाँदैछन् । सन्दीप बुधबार विहान सवा ८ बजे दिल्लीतर्फ लाग्ने छन् ।

दिल्ली जानुअघि पत्रकार सम्मेलनमा सन्दीपले यस पटक दिल्लीलाई उपाधि जित्ने मौका रहेको बताए । दिल्लीले उपाधि जित्नेमा कतिको आशावादी हुनुन्छ भन्ने प्रश्नको जवाफमा सन्दीपले भने,’जति राम्रो खेलाडी भएपनि प्रर्दशन राम्रो गर्न सक्नुपर्छ । मलाई लाग्छ जुन तरिकाले टिमले मिहिनेत गरेको छ खेलाडी हेर्दा हामीले उपाधि जित्नेमा आशा छ । हाम्रो बलिङ र ब्याटिङ हेर्दा मलाई लाग्छ हामीले उपाधि जित्ने छौं र त्यो मौका हामीलाई छ ।’

त्यस्तै सन्दीपले आफुले खेल्न पाएपनि नपाएपनि आफू पानीनै बोकेपनि लक्ष्य टिमले जितोस भन्नेनै हुने बताए । ‘ ईपीएल र आईपीएल खेल्दा उस्तै लाग्छ । मेरा लागि हरेक नयाँ लिग अवसर हुन् । मेरो प्रर्दशनले देशलाई चिनाउ । आफुले जति राम्रो गर्न सक्यो त्यतिकै नेपाललाई फाईदा पुग्ने गर्दछ,’ सन्दीपले भने ।

‘ नेपाल आउँदा आमा बुबा घर परिवारसँग समय बिताउन पाउँदा धेरै खुसी लाग्छ । सम्पूर्ण नेपालीको मायाले गर्दा नै यहाँ सम्म आइपुगेको हुँ । यस पटक मेरो जिम्मेवारी थपिएको छ । गतवर्षको तुलनामा हाम्रो टिम सन्तुलित छ, मेरोे व्यक्तिगत लक्ष्य टिमलाई जिताउने नै हो र खाली समय ब्याटिङ पनि राम्रो गर्न खोजिरहेको छु ‘ , सन्दीपले भने ।

आईपीएल २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदैछ । सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिलो खेल २४ मार्चमा रोहित शर्मा कप्तान रहेको मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । सन्दीपले गत वर्ष दिल्लीबाट अन्तिम ३ खेलमा ५ विकेट लिदै सनसनी मच्चाएका थिए ।

पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीप यसपटक भने पहिलो खेलमै पहिलो रोजाइमा पर्ने उच्च संभावना छ । सन्दीपको पारिश्रमीक भने दिल्लीले बढाएको छैन । सन्दीपले २० लाख भारतीय रुपैयाँ नै पाउने छन् । ईतिहासमा आईपीएलकै असफल मानिने दिल्ली यस पटक उपाधिको प्रमुख दावेदार पनि मानिएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.