7 years ago
March 27, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को छैटौं खेलमा आज किंग्स इलाभेन पन्जाव र कोलकता नाइटराइडर्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ ।

दुवै टोली लगातार दोस्रो जितको खोजिमा मैदान उत्रने छन् । पहिलो खेलमा कोलकताले सनराइज हैदरावादलाई ६ विकेटले हराउँदै पन्जावले राजस्थानमाथि १४ रनको विवादीत जित हात पारेको थियो । कोलकता दिनेश कात्तिक र पन्जाव रविचन्द्र आश्विनको कप्तानीमा मैदान उत्रने छन् ।
पहिलो खेलमा सानादर जित हात पार्ने क्रममा कोलकताले १ सय ८२ रनको लक्ष्य पछ्याएको थियो । जसका नायक थिए आन्द्र रसेल । रसेलले २ विकेटका साथै १९ बलमा ४९ रन जोड्दै खेल जिताएका थिए । रसेलसँगै नितेश राना, रविन उथप्पा, सुभमन गिल, दिनेश कार्तिक, कुलदिप यादव र सुनिल नारायण कोलकताका प्रमुख खेलाडी हुन् ।
यता पहिलो जित नै विवादित हात पारेको पन्जावका क्रिस गेल राम्रो लयमा देखिएका छन् । गेलले पहिलो खेलमै ७९ रन प्रहार गर्दै पन्जावलाई बलियो अवस्थामा पुर्याएका थिए । पन्जावमा गेलसँगै मुजिब उर रहमान, सरफराज खान, निकोलस पुरन, साम करन, अंकित राजपुत मुख्य हतियार हुन् ।
सुरुवाती पाँच खेल सकिँदा चेन्नई सुपर किंग्स २ खेलमा २ मा नै जित निकाल्दै शीर्ष स्थानमा छ । दिल्ली क्यापिटल्स २ खेलमा १ मा हार र १ मा जितका साथ दोस्रो स्थानमा रहँदा सुरुवाती खेलमा जित निकाल्दै पन्जाव तेस्रो र कोलकता चौथो स्थानमा रहेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]