default_image

7 years ago

March 30, 2019

गोल्डेन गेट र ट्रीटन उपाधिका लागि भिड्ने

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट इन्टरनेशनल कलेज र ट्रीटन कलेजले गोल्डेन गेट कलेज प्रिमियर लिगको उपाधिका लागि भिड्ने भएका छन् । शनिबार कीर्तिपुरसस्थित टीयू क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा दुवै टोलीले आ-आफ्नो खेलमा जित दर्ता गर्दै उपाधि भिडन्त पक्का गरे । फाइनल खेल आइतबार विहान ९ बजे हुनेछ ।

गोल्डेन गेटले काठमाडौं विश्वविद्यालयलाई ७२ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको गोल्डेन गेटले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । शीर्षक्रमका स्टार ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्केपनि युवा ब्याट्सम्यानद्वय सुमित महर्जन र अनिलकुमार शाहले गोल्डेन गेटलाई बलियो योगफलसम्म पुर्याएका थिए । गोल्डेन गेटले छैटौं ओभरभित्र नै १७ रनको स्थितिमा शरद भेषावकर ५ रन तथा दिपेन्द्र सिंह ऐरी शून्य र कप्तान पृथु बाँस्कोटालाई शून्यमा गुमाएको थियो ।

अनिल र सुमितले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । अनिल ३९ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोड्दै क्याच आउट भए । प्रतियोगितामा दोस्रो पटक म्यान अफ द म्याच चुनिएका सुमितले १९ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनको योगदान दिए । सोनु तामाङले अन्त्यतिर १४ बलमा ३ चौका र १ छक्कासहित २७ रन जोडेपछि गोल्डेन गेटले बलियो योगफल खडा गरेको थियो । जितेन्द्रसिंह ठकुरीले ९ र अमरसिंह राउटेला १० रनको योगदान दिँदा दिपेन्द्र रावत ८ रनमा अविजित रहे । केयूका रुपेश श्रीवास्तव र विकास यादवले ३-३ तथा नविन यादव, सोनु देवकोटा र इशान पाण्डेले १-१ विकेट बाँडे ।

जवाफमा निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको केयूले १९.४ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र जोड्न सक्यो । शीर्षक्रमका तीन ब्याट्सम्यानलाई खाता नखोली गुमाएको केयूका अर्का ओपनर प्रविन रिजालले ५ रनमात्र जोडे । रवीन जोशी, दिनेश बुढामगर र धिरज अधिकारी शून्यमा पेभेलियन फर्किए ।

मध्यक्रममा सोनु देवकोटाले १९ र नविन यादवले २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सोनुले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । नविनले १८ बलको सामना गर्दै समान १ चौका र छक्का जोडे । गोल्डेन गेटका अमरसिंह राउटेलाले ३, नन्दन यादव, दिपेन्द्र ऐरी र पृथु बाँस्कोटाले २ विकेट लिँदा शरद भेषावकरले १ विकेट लिए । दिपेन्द्र रावतले कुनै विकेट नलिएपनि ४ ओभरमा १ मेडनसहित ८ रनमात्र खर्चे ।

त्यसअघि दिनको पहिलो खेलमा ट्रिटन कलेजले वर्षाले छोट्याइएको खेलमा हिमालय कलेजलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको ट्रिटनले हिमालयलाई चार विकेटको क्षतिमा २३ रनमै रोकेको थियो । जवाफमा ट्रिटनले ३ दशमलव ३ ओभरमा २६ रन बनायो ।

हिमालयले आक्रमक ब्याट्सम्यान विनोद भण्डारी र आदिल खानलाई पेभिलियन फर्काएपनि प्रदिप ऐरि र अरुण ऐरिले जित सहज जिततर्फ डोर्याएका थिए । एक विकेट पनि लिएका अरुण म्यान अफ द म्याच भए । उनले ब्याटिङतर्फ ११ बलमा दुई चौका प्रहार गर्दै १४ रन बनाए । प्रदिपले चार रन बनाए । हिमालयका लागि कप्तान रुपेश सिंहले दुवै विकेट लिएका थिए ।

त्यसअघि राष्ट्रिय टोलीका स्पिनर ललित नारायण राजवंशीले ट्रिटनलाई पहिलो ओभरमै सफल दिलाएका थिए । हिमालयले खेल अवधिभर मात्र एक चौका प्रहार गर्न सक्यो । गौरभ खड्काले ७ र मयंक झाले ४ रन बनाएका थिए । ट्रीटनका ललित र अरुणसँगै विक्रम सोबले पनि विकेट लिएका थिए ।

युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारी प्रतियोगितामा १२ कलेजको सहभागीता रहेको थियो । विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.