default_image

5 years ago

May 12, 2019

बटलरको शतकमा इंग्ल्यान्ड विजयी, जमानको शतक खेर!

एजेन्सी – पाँच वान डे सिरिज अन्तर्गत पाकिस्तानसँगको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डले १२ रनको रोमान्चक जित हात पारेको छ । शनिवार राती सम्मपन्न खेलमा ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६१ रनमा समेटियो । पाकिस्तानका ओपनर फकार जमानले सानदार शतक प्रहार गरे पनि टोलीको […]

37 views

0 Bookmark

एजेन्सी – पाँच वान डे सिरिज अन्तर्गत पाकिस्तानसँगको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डले १२ रनको रोमान्चक जित हात पारेको छ । शनिवार राती सम्मपन्न खेलमा ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६१ रनमा समेटियो ।

पाकिस्तानका ओपनर फकार जमानले सानदार शतक प्रहार गरे पनि टोलीको हार टार्न सकेनन् । ओडीआई करियरको चौथो शतक पुरा गरेका जमानले १ सय ६ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १ सय ३८ रनको योगदान दिएपनि पाकिस्तान पराजित हुन पुग्यो ।

जमानलाई ३३ ओभरको अन्तिम बलमा क्रिस वोक्सले विकेटकीपर जस बटलरबाट क्याच आउट गराए । पाकिस्तानका अन्य आसिफ अलीले ३६ बलमा ४ छक्का र २ चौका सहित ५१,ईमाम उल हक ३५,बाबर आजम ५१,ह्यारिस सोहेल १४ रनमा आउट हुँदा कप्तान सरफराज अहमिद ४१ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि डेविड विल्ली र लियाम प्लन्केटले समान २ विकेट लिए । त्यस्तै क्रिस वोक्स,मोइन अली र आदिल राशिदको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ७३ रन बनाउन सकेको थियो । इंग्ल्यान्डका लागि म्यान अफ द म्याच चुनिएका विकेटकीपर जस बटलरले विश्फोटक शतक प्रहार गरे । उनले ५५ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै १ सय १० रनमा अविजित रहे । बटलरले ५० बलमै शतक पुरा गरेका थिए ।

त्यस्तै कप्तान ओईन मोर्गनले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा नट आउट रहे । चौथो विकेटका लागि मोर्गन र बटलरले ९३ बलमा १ सय ६२ रनको अविजित साझेदारी गरेपछि इंग्ल्यान्डले विशाल योगफल तयार पारेको हो ।

ओपनर जेसन रोयले ९८ बलमा ३ छक्का र ६ चौका सहित ८७ रनमा क्याच आउट भए । त्यस्तै अर्का ओपनर जोनी बेयरस्टो ५१ र जो रुट ४० रनमा आउट हुन पुगे । पहिलो विकेटका लागि ओपनर रोए र बेयरस्टोले १९ ओभरमा १ सय १५ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पाकिस्तानका लागि हसन अली, यासिर शाह र शाहिन अफ्रिदीले समान १ विकेट हात पारे ।

यो सँगै इंग्ल्यान्डले पाँच ओडीआई सिरिजमा १-० को अग्रता लिएको छ । पहिलो खेल भने वर्षाको कारण रद्ध भएको थियो । तेस्रो वान डे खेलमा आगमी मंगलबार हुने छ ।

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

Success

Thank you for your time.