एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनल खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

आईतबार साँझ राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । मुम्बईका लागि काइरन पोलार्डले २५ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले भने राम्रो पद्र्रशन गर्न सकेनन् ।
मुम्बईले राम्रो सुरुवात गरेको थियो । पाँचौ ओभरको पाँचौ बलमा सार्दुल ठाकुरले क्विन्टन डि ककलाई विकेटकीपर महेन्द्रसिंह धोनीबाट क्याच आउट गराउँदा मुम्बईले ४५ रन जोडी सकेको थियो । डी ककले १७ बलमा ४ छक्का सहित २९ बटुले । लगतै छैटौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मालाई दिपक चाहरले महेन्द्र सिंह धोनीबाट क्याच गराउँदै १५ रनमा पेभिलिएन फर्काएपछि चेन्नई खेलमा फर्किएको थियो । १२ औं ओभरको दोस्रो बलमा इमरान ताहिरले सुर्य कुमार यादवलाई १५ रनमा बोल्ड आउट गरे । १३ ओभरको तेस्रो बलमा ठाकुरले आफै क्याच लिदै कुनाल पान्ड्यालाई ७ रनमा पेभिलिएन फर्काए ।
१५ औं ओभरको चौथो बलमा ताहिरले सुरेश रैनाबाट ईशान किसानलाई २३ रनमा क्याच आउट गराएपछि चेन्नई खेलमा पूर्ण रुपमा हाबी देखिएको थियो । उनले २६ बलमा ३ चौका प्रहार गरे । १९ ओभरको दोस्रो बलमा दिपक चाहरले योर्कर बलमा हार्दिक पान्ड्यालाई १६ रनमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काएपछि मुम्बई विशाल योगफलको संभावना सकिएको थियो ।
चेन्नईका लागि दिपक चाहरले घातक बलिङ गरे । उनले ४ ओभमा १ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इमरान ताहिर र सार्दुल ठाकुरको नाममा समान २ विकेट रह्यो । दुबै टोली चौथो पटक आईपीएल जित्ने दाउँमा छन् ।