7 years ago
May 15, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग(सीपीएल) मा चार नेपाली खेलाडी ड्राफ्टमा पर्न सफल भएका छन् । बुधबार सर्वाजनिक भएको ड्राफ्टमासुचिमा चार नेपाली खेलाडी सहित कुल ५ सय ३६ खेलाडी रहेको सीपीएलले जनाएको छ ।

जसमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने,युवा अलराउण्डर दिपेन्द्र सिंह,तीब्र गतिका बलर सोमपाल कामी र रोहित कुमार पौडेल ड्राफ्टमा पर्न सफल भएका छन् । डाफ्ट २२ मे लन्डनमा हुने सीपीएलले जनाएको छ । सन्दीप गत वर्षनै क्वारेवियन प्रिमियर लिग खेली सकेका छन् भने सोमपाल,रोहित र दिपेन्द्र पहिलो विदेशी लिग खेल्ने तयारीमा रहेका छन् ।
सम्रगमा २० देशबाट कुल ५ सय ३६ खेलाडी ड्राफ्टमा पर्न सफल भएका हुन् । ड्राफ्टमा आन्द्रे रसेल, राशिद खान, जोफ्रा आर्चर, एलेक्स हेल्स, सकिव अल हसन, जेपी डुमिनि, सुनिल नारायण, साई होप, शिम्रन हिटमायर लगात थुप्रै स्टार खेलाडी रहेको सीपीएलले जनाएको छ ।
यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म वेस्ट इन्डिजमा चल्ने छ । सीपीएलमा सन्दीपको संभावना उच्च छ । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गत वर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो ।
सीपीएलमा ६ टोली रहेका छन् । मे २२ मा लन्डनमा दिउँसो २ बजेपछि ड्राफ्ट सुरु हुने छ । दिपेन्द्र,रोहित र सोमपाललाई ड्राफ्ट मार्फत कुनै टोलीले भित्र्याए सीपीएलनै यी तीन खेलाडीको लागि पहिलो विदेशी लिग हुने छ । सन्दीपले पछिल्लो समय अन्तर्राष्टिय लिगमा उत्कृष्ट प्रर्दशन गरि रहँदा अन्य नेपाली खेलाडीको संभावना पनि बलियो देखिन्छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]