7 years ago
May 16, 2019
एजेन्सी – त्रिकोणात्मक सिरिज अन्तर्गत बुधवार राती सम्पन्न खेलमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेकोे छ ।

२ सय ९३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । बंगलादेशका लागि लिटन दासले ६७ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ७६ रन जोडे । त्यस्तै तामिम इकवाल ५७, सकिब अल हसन ५०, मुश्फिकुर रहिम ३५, महमुदूल्लाह ३५ र मोसाद्धक हसनले १४ रन बटुले । आयरल्यान्डका बोयड रनकिनले २,मार्क अदिर र बरी म्याकर्थीले समान १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन जोडेको थियो । ओपनर पल स्टर्लिङले शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् । गत एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाईगर्सबाट समेत खेलेका स्टरलिङले १ सय ४१ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै १ सय ३० रनको महत्वपूर्ण योगदान दिएपनि टोलीको जितको लागि प्राप्त हुन सकेन ।
त्यस्तै कप्तान विलियम पोर्टरफिल्डले १ सय ६ बलमा ७ चौका र २ चौका प्रहर गर्दै ९४ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशका लागि करियरको दोस्रो वान डे खेल खेलेका आवु जायदले ९ ओभरमा ५८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै मोहम्मद सैफुद्दीनले २ र हसन रुविलले १ विकेट हात पारे । त्रिकोणात्मक सिरिजबाट आयरल्यान्ड यस अघिनै बाहिरी सकेको छ । उपाधिको लागि शुक्रबार वेस्ट इन्डिज र बंगलादेश भिड्ने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]