default_image

5 years ago

May 16, 2019

भारतले विश्वकप जित्न सक्ने ५ आधार

एजेन्सी – एक दिवसिय विश्वकप आउन अब तीन साता बाँकी छ । इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुन लागेको वान डे विश्वकप सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । यसपटक छिमेकी मुलुक भारतलाई विश्वकपको प्रमुख दाबेदारको राष्ट्र मानिएको छ । सन् २०१७ को च्याम्पियन्स […]

45 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप आउन अब तीन साता बाँकी छ । इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुन लागेको वान डे विश्वकप सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् ।

यसपटक छिमेकी मुलुक भारतलाई विश्वकपको प्रमुख दाबेदारको राष्ट्र मानिएको छ । सन् २०१७ को च्याम्पियन्स ट्रफी फाईनलमा पाकिस्तानसँग पराजित भएपछि त्यहि बेला देखीनै भारतले आफ्नो लक्ष्य २०१९ को विश्वकप जित्ने बनाउँदै आएको थियो । भारतले यस अघि सन् १९८३ र सन् २०११ मा गरि दुई पटक विश्वकप जितेको छ । सन् १९८३ मा कपिलदेव र २०११ मा महेन्द्रसिंह धोनीले आफ्नो कप्तानीमा भारतलाई विश्वकप जिताएका थिए । यस पटक प्रमुख दाबेदार मानिएको भारतले विश्वकप जित्न सक्ने यी ५ बलिया आधार रहेका छन् ।

५. बुमराहको लय, शामी र कुमारको गति

भारतले विश्वकपमा तीन तीब्र गतिका बलर जसप्रित बुमराह,भुवनेश्वर कुमार र मोहम्मद सामीलाई टोलीमा समेटिएको छ । इंग्ल्यान्ड र वेस्सको पिच तीव्र गतिका बलरका लागि उपयोगि हुँदा यी तीनै खेलाडी एकै पटक मैदान उत्रन सक्ने प्रबल संभावना छ ।

Kohli and Bumrah

बुमराह र भुवनेश्वरले पावर प्ले र डेथ ओभरमा बलिङ गर्ने छन् । यी दुईको सामाना गर्न विपक्षी ब्याट्सम्यानलाई त्यति सहज देखिदैन । बुमराहको यो पहिलो एकदिवसिय विश्वकप हुँदा सामी र कुमारले विश्वकपको अनुभव बटुलिसकेका छन् । उत्कृष्ट लयमा रहेका बुमराहले गत आईतबार सम्पन्न १२ औं संस्करणको इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सलाई दिलाउन १६ खेलमा १९ विकेट लिएका थिए ।

योर्कर फ्याक्न माहिर बुमराहको बलको सामना गर्न विपक्षी सबै ब्याट्सम्यानलाई धौधौ परेको देखिन्छ । इंग्ल्यान्डको पिचमा उछाल पनि अत्याधिक हुने हुँदा त्यसको फाईदा कुमार र सामीले उठाउन सक्छन् । यी तीन खेलाडीको उत्कृष्ट प्रर्दशनमा भारतले यो पटक विश्वकप जित्न सक्छ ।

४. हार्दिकको लय, मजबुत अलरान्डर

अलराउन्डर हार्दिक पान्ड्याको प्रर्दशन विश्वकपमा भारतका लागि निकै महत्वपूर्ण हुने छ । तल्लोक्रममा ब्याटिङ तथा मिडिय पेश बलिङ गर्ने पान्ड्या भारतीय टोलीबाट पछिल्लो दुई वर्ष यता निरन्तर पहिलो रोजाईको अलराउण्डरको भूमिकामा छन् ।

इंग्ल्यान्डमै सन् २०१७ को च्याम्पियनशीप ट्रफीमा उनले ५ खेलमा ४ विकेट लिनुका साथै १ सय ५ रन बटुल्दै उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका थिए । पान्ड्याले फाईनलमा पाकिस्तानविरुद्ध ७६ रनको आक्रमक पाली खेल्दै सबैलाई प्रभावित पार्न सफल भए ।

यस संस्करणको आईपीएलमा मुम्बईलाई च्याम्पियन बनाउन पान्ड्याले १९१.४२ को स्ट्राईक रेटमा १६ खेलमा ४ सय २ रन बटुल्नुका साथै १४ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरे । यो प्रर्दशनले हार्दिकको उत्कृष्ट लयलाई बताउँछ । उत्कृष्ट लयमा रहेका पान्ड्याले आफ्नो दमदार प्रर्दशनमा भारतलाई विश्वकप दिलाउन सक्छन् ।

भारतीय १५ सदस्य टोलीमा केदार जाधव, विजय शंकर र रविन्द्र जडेजा जस्ता अलराउन्डर छन् । जसले गर्दा भारत झनै बलियो देखिन्छ । केदार जाधव घाईते हुँदा उनि विश्वकप सम्म फिट हुन्छन् वा हुँदैनन् भन्ने चिन्ता पनि थपिएको छ । जडेजा र शंकरको प्रर्दशन पनि राम्रै छ । हार्दिकसहित जडेजा, शंकर र जाधवले आफ्नो उत्कृष्ट अलराउन्ड प्रर्दशनमा भारतको विश्वकप जित्ने सपना सहज बनाउन सक्छन् ।

३. अनुभवी धोनीको उत्कृष्ट लय

धोनी विश्वकै सफल खेलाडी मध्यका एक हुन् । धोनीको यो अन्तिम एकदिवसिय विश्वकप हो । यस अघि सन् २००७,२०११ र २०१५ मा धोनीले विश्वकपमा प्रतिनिधित्व गरेका थिए । सन् २०११ मा धोनीले आफ्नो कप्तानीमा भारतलाई विश्वकप जिताए । आफ्नो क्रिकेट करियरको अन्तिम समयमा रहेका धोनी भारतीय टोलीका सर्वाधिक अनुभवी खेलाडी हुन् ।

धोनीले टोलीको आवश्यकता आनुसार ब्याटिङ गर्ने गर्दछन् । विशेष त धोनीले अन्त्य तिर आक्रमक ब्याटिङ गर्न माहिर छन् । धोनीले थुप्रै पटक हार नजिक पुगेको भारतलाई बचाएका छन् । यस पटक धोनी भारतीय टोलीको कप्तानको भुमिकामा हुने छैनन् । तर उनको जिम्मेवारी कप्तानको भन्दा कम पनि हुने छैन । विराट कोहली कप्तान भए पनि प्राय खेलमा धोनीले टोलीको आवश्यकता अनुसार फिल्डिङ र बलर लगायत थुप्रै कुरामा विराटलाई सल्लाह दिने गर्दछन् । विराटले पनि थुप्रै पटक धोनी आधा कप्तान रहेको बताउँदै आएका छन् ।

सन् २०१८ मा खराब लयका कारण चर्को आलोचनामा खेपेका धोनीले सन् २०१९ मा भने सानदार प्रर्दशन गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरे । २०१९ मा धोनीले ८ वान डेमा ४ अर्धशतक सहित कुल ३ सय २७ रन बटुली सकेका छन् । आईपीएमा चेन्नईलाई फाईनल सम्म पुर्याउन धोनीले १५ खेलमा ३ अर्ध शतक सहित कुल ४ सय १६ रन प्रहार गरे ।

धोनी दबावमा खेल्न माहिर छन् । विश्वकै सर्वोत्कृष्ट विकेटकीपर धोनीले ब्याट्सम्यानले आँखा झिमिक्क गर्न नपाउदै स्टम्पिङ आउट गर्ने गर्दछन् । १५ वर्ष देखी निरन्तर भारतीय टोलीबाट खेल्दै आएका धोनीलाई इंग्ल्यान्डको पिच र मैदानको बारे पनि राम्रोसँग थाहा छ । त्यसैले आफ्नो उत्कृष्ट प्रर्दशनमा धोनीले भारतलाई विश्वकप जिताउँदै क्रिकेटबाट सन्न्यास लिने ईच्छा रहेको देखिन्छ ।

२. सर्वोत्कृष्ट ओपनर जोडी

वर्तमान क्रिकेटमा भारतीय टोलीका ओपनर शिखर धवन र रोहित शर्मा विश्वकै उत्कृष्ट ओपनर जोडी हुन् भन्दा कुनै फरक नपर्ला । यी दुई ओपनरको उत्कृष्ट साझेदारी र प्रर्दशनमा भारतले सजिलै विश्वकप जित्न सक्छ । ओपनरको उत्कृष्ट साझेदारीबिना कुनै पनि टोलीलाई विशाल लक्ष्य पुरा गर्न र बनाउन कठिन देखिन्छ ।

यी दुवै ब्याट्सम्यानले सुरुवाती समय बलरलाई दबावमा राख्दै रन जोड्ने गर्दछन् । विस्तारै आक्रमक ब्याटिङ गर्दै ठूलो योगफल बनाउन दुवै माहिर छन् । भारतसँग वैकल्पिक ओपनरको रुपमा केएल राहुल छन् । जसले घरेलु र भारतीय टोलीबाट पाएजति सबै मौकामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

पछिल्ला दुई वर्षमा भारतको जित र हारमा धवन र रोहितको प्रर्दशन निकै महत्वपूर्ण हुँदै आएको छ । यी दुई जोडीले सन् २०१३ देखी हालसम्म १ सय १ खेलमा ४ हजार ५ सय ४१ रनको ओपनर साझेदारी गरेका छन् । जसमा १५ पटक एक सय भन्दा माथि र १३ पटक ५० भन्दा धेरैको साझेदारी सामेल छ ।

रोहित शर्मा एक दिवसिय क्रिकेटमा ३ पटक दोहोरो शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । रोहितले २ सय ६ ओडीआई खेलमा २२ शतक र ३ दोहोरो शतक र ४१ अर्ध शतक सहित कुल ८ हजार १० रन बटुलेका छन् । त्यस्तै धवनले १ सय २८ खेलमा १६ शतक र २७ अर्ध शतक सहित ५ हजार ३ सय ५५ रन बटुलेका छन् ।

इंग्ल्यान्डमा सन् २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीमा धवनले ५ खेलमा ३ सय ३८ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीमा शिर्ष स्थानमा रहे । त्यस प्रतियोगितामा रोहित ३ सय ४ रन बनाउदै सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा रहेका थिए । जसले पछिल्लो समय निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । त्यसैले यी दुई खेलाडीको उत्कृष्ट प्रर्दशन र साझेदारीमा भारतले विश्वकप जित्न सक्ने अनुमान गरिएको छ ।

१. कोहलीको ब्याटिङ

भारतको विश्वकप जित्ने सपना कप्तान विराट कोहलीको प्रर्दशनमा बढि निर्भर रहने छ । रन मेसिनको उप नाम पाएका कोहली सर्वाधिक छिटो १० हजार रन जोड्ने विश्वकै पहिलो ब्याट्सम्यान हुन् । रन मेसिन र किंङ कोहलीको उप नामले चिनिने उनले दबावमा पनि रन जोड्न सिपालु छन् । टोलीको आवश्यकता अनुसार आक्रमक र रक्षात्मक दुबै शैलीमा खेल्न सक्ने गुण उनिमा छ ।

जब उनले आफ्नो लय समात्छन् तव उनलाई आउट गर्न विश्वका जुन सुकै बलरलाई कठिन हुने गर्दछ । जव उनी क्रिजमा टिक्न थाल्छन् सबै बलर उनका सामु निरिह देखिन्छन् । पछिल्लो दुई वर्षमा भारतको जितमा कोहलीको प्रर्दशन निर्णायक सावित हुँदै आएको छ । द्रुत गतिमा रन जोडीरहेका कोहलीले भारतबाट २ सय २७ ओडीआई खेलमा ४१ शतक र ४९ अर्ध शतक सहित कुल ११ हजार ६ सय ६४ रन जोडेका छन् ।

सन् २०१८ मा कोहलीले १४ खेलमा ५ पटक नट आउट रहँदै ६ शतक र ३ अर्ध शतक सहित १३३.५५ को औसतामा कुल १२ सय २ रन बटुलेका थिए । कोहलीले अघिल्लो वर्षको लयलाई विश्वकपमा निरन्तरता दिने हो भने भारतले सहजै रुपमा विश्वकप जित्न सक्छ । आफ्नो कप्तानीमा भारतलाई विश्वकप जिताउन कोहली पनि आतुर छन् ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.