default_image

7 years ago

May 16, 2019

सन्दीप अष्ट्रेलिया जाने

138 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने केहि समयको लागि अष्ट्रेलिया जाने भएका छन् । सन्दीप आगमी मंगलबार अर्थात जेठ ७ गते अष्ट्रेलिया जाने भएका छन् ।

नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप आगमी २१ मे अर्थात मंगलबार अष्ट्रेलिया जाने छन् । सन्दीप ब्यक्तिगत कारण अष्ट्रेलिया जान लागेका शिवाकोटीले जानकारी दिए । अन्य कारण भने शिवाकोटीले खुलाउन चाहेनन् । सन्दीप कति समयको लागि जान लगेको भन्ने अष्ट्रेलिया पुगेपछि मात्र थाहा हुने शिवाकोटी बताउछन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर गत शनिवार नेपाल फर्किएका सन्दीप अव केहि समय आरामसँगै साथीभाईसँग घुमफिर गर्दै समय बिताउने छन् । पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय फ्रेन्चाईज लिग र राष्ट्रिय टोलीबाट सन्दीपले आईपीएपछि तत्काल अन्य कुनै विदेशी लिग नजुधेको र प्रधानमन्त्रीकप किकेट नखेल्ने निर्णय लिएपछि केहि समय फुर्सदिला भएका हुन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.