default_image

5 years ago

May 17, 2019

विश्वकपका दाबेदार ४ टोली

एजेन्सी – एकदिवसिय विश्वकप आउन अब मात्र तीन साता बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) गत आइतबार देखि सकिएपछि अब सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा केन्द्रित हुनेछ । विश्वकपमा पहिलो पटक सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाईनलमा पुग्ने छन् । […]

46 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप आउन अब मात्र तीन साता बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) गत आइतबार देखि सकिएपछि अब सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा केन्द्रित हुनेछ ।

विश्वकपमा पहिलो पटक सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाईनलमा पुग्ने छन् । विश्वकपमा सहभागि केहि देशको लक्ष्य सेमिफाईनल सम्म हुँदा धेरैको उपाधि जित्ने छ । सन् १९७५ देखी सुरु भएको विश्वकपको हालसम्म आईपुग्दा अष्ट्रेलियाले पाँच पटक उपाधि जितेको छ । वेस्ट इन्डिज र भारतले समान दुई पटक जितेका छन् । पाकिस्तान र श्रीलंकाको नाममा पनि एक एक विश्वकप छ ।

विश्वकपमा कुनै पनि टिम कस्तो छ र त्यसले प्रतियोगिता भर कस्तो प्रर्दशन गर्न सक्ला भनेर त्यो टिममा रहेका १५ सदस्य खेलाडीलाई हेरेर भन्न सकिन्छ । ती खेलाडीले पछिल्लो एक वर्षमा घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रर्दशन र युवा खेलाडीले प्रर्दशन गर्न सक्ने क्षमतालाई हेरेर भन्न सकिन्छ । त्यसै अनुरुप अनुमान गर्दा यस पटकको विश्वकप यी चार देशले जित्न सक्छन् ।

४. दक्षिण अफ्रिका

विभिन्न सिरिज,अभ्यास लगातका खेलमा उत्कृष्ट प्रर्दशन गर्ने तर आईसीसीको प्रतियोगितामा सधैं कमजोर प्रर्दशन गर्ने अफ्रिकाको मुख्य समस्या हो । हालसम्म अफ्रिकाले एक दिवसिय विश्वकप जितेको छैन ।

यस पटक दक्षिण अफ्रिकाको टोली सन्तुलन छ । अफ्रिका सिमित खेलाडीमा निर्भर छैन । तीब्र गतिका स्टार बलर कागिसो रबाडा,लुग्गी निडी,क्रिस मोरिस र डेल स्टेन जस्ता स्टार बलर छन् । इंग्ल्यान्डमा तीब्र गतिको बलरलाई साथ दिने मैदान हुने हुँदा अफ्रिकाले ठूलो फाईदा उठान सक्छ ।

रबाडा उत्कृष्ट लयमा छन् । आईपीएलमा रबाडाले २५ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहे । पछिल्लो एक वर्षको प्रर्दशन हेर्दा अन्य बलरले पनि उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उत्कृष्ट लयमा रहेका रबाडा,अनुभवी डेल स्टेन,युवा खेलाडी लुन्गी निडीको उत्कृष्ट प्रर्दशनमा अफ्रिकाको विश्वकप जित्ने सपना सहज हुन सक्छ । अनुभवी क्रिस मोरिस र जेपी ड्युमिनी जस्ता स्टार अलराउण्डर अफ्रिकी टोलीमा हुँदा झनै मजबुत देखिन्छ ।
क्विन्टन डी कक,फाफ डु प्लेसिस,एडन मार्करम,रस्सि भान डुसेन,डेविड मिलर,हसिम अमला जस्ता ब्याट्सम्यानले अफ्रिकाको ब्याटिङ पनि मजबुत बनेको छ । डी कक र डु प्लेसिको लय झनैं उत्कृष्ट छ ।

आईपीएलमा २६ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडी बनेका अनुभवि स्पिनर इमरान ताहिरको उमेर ढल्किदो भएपनि प्रर्दशन,जोश र जाँगर युवा खेलाडीको भन्दा कम छैन । सम्रगमा खेलाडी हेर्दा यस पटक सबैलाई आश्चर्य पार्दै अफ्रिका पहिलो पटक विश्वकप जित्न सक्छ ।

३. इंग्ल्यान्ड

पहिलो पटक विश्वकप जित्ने धुनमा रहेको इंग्ल्यान्डलाई घरेलु मैदानमा त्यो सुनौलो अवसर छ । इंग्ल्यान्ड सन् १९८७ र १९९२ मा दुई पटक फाईनलमा पराजित हुँदै उपाधि जित्न चुकेको थियो । पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएको इंग्ल्यान्ड आईसीसी वानडे वरियतामा शीर्ष स्थानमा छ । यस पटक इंग्ल्यान्डको सन्तुलित र बलियो टोली देखिन्छ ।

घरेलु मैदान र दर्शकले इंग्ल्यान्ड झनै बलियो बनाउने छ । ब्याटिङ र अलराउण्डर इंग्ल्यान्डको मजबुत पक्ष्य हो । उत्कृष्ट लयमा रहेका जोसन रोय र जोनी बेयरस्ट्रोेले ओपनरको भुमिका निर्वाह गर्ने छन् । जो रुट,कप्तान इओन मोर्गन,जस बटलरको कारण मिडिल अडरका झनै बलियो छ । तल्लो क्रममा बेन स्टोक्स,मोइन अली,टम कुरन जस्ता स्टार अलराउण्डर हुँदा इंग्ल्यान्ड प्रमुख दावेदार देखिन्छ ।

डेविड विल्ली, लियाम प्लन्केट, मार्क उड तीब्र गतिका बलर हुन् । स्पिनरको रुपमा जो डेनली, मोइन अली, आदिल राशिद छन् । जस्ले अन्तर्राष्ट्रिय क्रिकेटमा अफ्नो दबदबा बनाउँदै आएका छन् । त्यसैले इंग्ल्यान्डले पहिलो पटक विश्वकप जित्ने सपना यो पटक पुरा हुन सक्छ ।

२. भारत

छिमेकी मुलुक भारतलाई विश्वकपको प्रमुख दाबेदार राष्ट्र मानिएको छ । भारतले हालसम्म २ पटक विश्वकप जितेको छ । १ पटक फाईनलमा पराजित भएको छ । भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो ।

शिखर धवन र रोहित शर्मा विश्वकै उत्कृष्ट ओपनर जोडी मध्यका एक हुन् । यी दुबैले आफ्नो उत्कृष्ट प्रर्दशनमा भारतलाई सहजै जिताउन सक्छन् । पछिल्लो दुई वर्षको नतिजा हेर्दा भारतको जित पनि यी दुई खेलाडीको नतिजामा बढि निर्भर छ । दुई वर्षअघि च्याम्पियनशीप ट्रफिमा इंग्ल्यान्डमै धवनले ५ खेलमा ३ सय ३८ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बने । रोहितले ३ सय ४ रन बनाउदै दोस्रो स्थानमा रहे ।

ब्याटिङ उपयोगी इंग्ल्यान्डको मैदानमा दुबै खुलेर खेल्न सक्छन् । रन मेसिनको उम नाम पाएका कप्तान बिराट कोहली मिडिल अडर तथा महेन्द्रसिंह धोनी र हार्दिक पान्ड्याले तल्लोक्रममा आक्रमक ब्याटिङ गर्ने हुँदा भारत बलियो बनेको हो । विश्वकपमा कोहलीको प्रर्दशन भारतका लागि महत्वपूर्ण हुने छ । फ्याक्न सिपालु तीब्र गतिका बलर जसप्रित बुमराह भारतका मुख्य हतियार हुन् । त्यस्तै भुवनेश्वर कुमार,मोहम्मद सामीले इंग्ल्यान्डको मैदानमा फाईदा उठाउन सक्छन् ।

स्पिनर कुलदिप यादव र युजवेन्द्र चाहालको जोडीले मिडिल अडरमा विपक्ष्य ब्याट्सम्यानलाई घातक बन्न सक्छन् । अलराउण्डर रविन्द्र जडेजा,विजय शंकर र केदार जाधव पनि विश्वकप टोलीका छन् । यो पटक भारतले तेस्रो पटक उपाधि जित्न सक्ने उच्च संभावना छ ।

१. अष्ट्रेलिया

अष्ट्रेलिया विश्वकपको सर्वाधिक सफल टिम हो । हरेक विश्वकपमा आफ्नो दबदबाह राख्दै आएको छ । ११ औं संस्करणको वान डे विश्वकप सकिदा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले ५ पटक उपाधि जितेको छ । २ पटक फाईनलमा पराजित भएको छ ।

अष्ट्रेलियाले सन् १९८७,१९९९,२००३,२००७ र २०१५ मा उपाधि जितेको थियो । पछिल्लो सयम उसका सबै खेलाडी लयमा छन् । बल टेम्पिरिङ काण्डका कारण प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ र डेविड वार्नर नहुँदा अष्ट्रेलिया २०१८ मा खराव प्रर्दशन गर्यो । सन् २०१९ मा भारतलाई उसकै भुमिमा ३–२ ले हराउँदै यो सुरुवात गरेको पाकिस्तानलाई ५–० हराउँदै सिरिज क्लिन स्विप गरेको अष्ट्रेलिया पछिल्ला ८ खेलमा अपराजित छ ।

एक वर्ष प्रतिबन्धमा परेका वार्नरले आईपीएलमा उत्कृष्ट प्रर्दशन गरे । सर्वाधिक रन जोड्ने ब्याट्सम्यान बन्दै उनले कुल ६ सय ९२ रन जोडे । कप्तान आरोन फिन्च र वार्नरले ओपनिङ समाल्ने छन् । दुबैले उत्कृष्ट पाली र प्रर्दशन गर्दै अष्ट्रेलियालाई सहजै जिताउन सक्छन् । स्टिभ स्मिथ,उस्मान खवाजा,शन मार्श,एलेक्स करीले मिडिल अडरका खम्बा हुन् । यी चार खेलाडीनै उत्कृष्ट लयमा छन् ।

अलराउण्डर ग्लेन म्याक्सवेल, प्याट कमिन्स, मार्कस स्टोइनिस पनि उत्कृष्ट लयमा छन् । बलिङमा अनुभवी तीब्र गतिका मिचेल स्टार्क, नाथन लायन, केन रिचर्ड्सन, जेसन बेहरनडोफ जस्ता बलर छन् । सन् २०१५ को विश्वकप अष्ट्रेलिया जिताउन मिचेल स्टार्कले ८ खेलमा २२ विकेट लिएका थिए । पछिल्लो समय चोटका कारण टिम बाहिर रहँदै आएका स्टार्क आफ्नो प्रभाव देखाउन लालहित छन् । स्पिनर एडम जम्पा पनि घातक सावित बन्न सक्छन् । अष्ट्रेलिया खेलाडी हेर्दा यस पटकको विश्वकपमा प्रमुख दाबेदार देखिन्छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.