7 years ago
May 17, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा मे ३० देखि सुरु हुने एक दिवसिय विश्वकप घरेलु टोली इंग्ल्यान्डले जित्न सक्ने उच्च सम्भावना भारतीय टोलीका पुर्व महान् क्रिकेटर ‘लिटिल मास्टर’ सुनील गावस्करले बताएका छन् ।

गावस्करले ब्रिटिश हाई कमिश्नर आवासमा भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । ‘ मैले सारा अनुमान लगाउदा र पछिल्ला प्रर्दशन हेर्दा इंग्ल्यान्डले विश्वकप जित्ने उच्च संभावना देख्छु । उसँग पहिलो पटक विश्वकप जित्न सक्ने उत्कृष्ट टोली छ, ‘ उनले भने । त्यस्तै गावस्करले इंग्ल्यान्डलाई आफ्नो घरेलु मैदान बारे सबै राम्रोसँग थाहा भएको हुँदा पहिलो पटक उपाधि जित्ने संभावना उच्च रहेको बताए ।
गावस्करले यस अघिका दुबै विश्वकपको लगाएको अनुमान मिल्न पुगेको स्पोर्ट्सकिडाले जनाएको छ । सन् २०११ को विश्वकप भारत र सन् २०१५ मा अष्टेलियाले जित्ने बताएका थिए । सन् १९८३ मा भारतलाई पहिलो विश्वकप दिलाउन गावस्करले उत्कृष्ट प्रर्दशन गरेका थिए । यस पटक भारतलाई पनि विश्वकपको प्रमुख दावेदार मानिएको छ । विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्ने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]