default_image

7 years ago

May 17, 2019

बाबरको शतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

136 views

0 Bookmark

एजेन्सी – पाँच ओडीआई सिरिज अन्तर्गत चौथो खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३ सय ४१ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै ३ सय ४० रन बनायो ।

पाकिस्तानका लागि बाबर आजमले उत्कृष्ट शतकीय पाली खेले । बाबरले १ सय १२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १ सय १५ रन बटुले । बाबरलाई ४० औं ओभरको चौथो बलमा टम कुरनले जोफ्रा आर्चरबाट क्याच आउट गराए ।

मोहम्मद हफिजले ५५ बलमा ३ छक्का र २ चौका सहित ५९,फकार जमान ५७,आशिफ अलि १७ र इमाद वासिम १२ रनमा आउट भए । जमानले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । सोएव मालिक ४१,हसन अली १ रनमा आउट हुँदा कप्तान सरफराज अहमिद २१ रनमा अविजित रहे ।

इंग्ल्यान्डका लागि टम करनले १० ओभरमा ७५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मार्क उडले २ र जोफ्रा आर्चरको नाममा १ विकेट रह्यो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.