7 years ago
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल काठमाडौंमा जारी ह्विलचियर एसिया कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा समूह चरणका सबै तीन खेलमा हार बेहोर्दै बाहिरिएको छ । नेपाली टोली शुक्रबार पाकिस्तानसँग १ सय ३० रनले पराजित भएको थियो ।

२ सय ७० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । नेपालका लागि कप्तान दिगम सिंह चेमजोङले सर्वाधिक ४७ रन बनाए । त्यस्तै सागर पान्डेले ३० रन जोडे । पाकिस्तानका मोहम्मद फिवाजले २ विकेट लिए ।
त्यस अघि पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६९ रन जोडेको थियो । उसका लागि मोहम्मद लातिफले ५५ बलमा २३ चौका र ६ छक्का प्रहार गर्दै १ सय ४८ रनको बिस्फोटक इनिङ्स खेले ।
त्यस्तै साजिद अली अब्बासीले ६२ रन जोडे । नेपालका डम्बर मगर र यम बहादु श्रेष्ठले समान १ विकेट हात पारे । यस अघि नेपाल भारत र बंगलादेशसँग पनि फराकिलो अन्तरले पराजित भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]