7 years ago
May 18, 2019
एजेन्सी – पाकिस्तानसँगको पाँच ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले एक खेल अगावै जितेको छ । शुक्रबार राती चौथो खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज ३-० ले जित्न सफल भएको हो ।

पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७ विकेट गुमाउँदै ४९.३ ओभरमा पुरा गरेको थियो । इंग्ल्यान्डको जितमा ओपनर जोसन रोयले ८९ बलमा ११ चौका र ४ छक्का सहित १ सय १४ रनको उत्कृष्ट योगदान दिए । रोयलाई २८ ओभरको चौथो बलमा मोहम्मद हसनले सरफराज अहमिदबाट क्याच गराएका थिए ।
त्यस्तै बेन स्टोक्सले ६४ बलमा ५ चौका र ३ छक्का प्रहर गर्दै ७१ रनमा अविजित रहेपछि इंग्ल्यान्डको जित संभव बनेको थियो । जेम्स भिन्स ४३, जो रुट ३६, टम करन ३१, जो डेनली १७ रनमा रनआउट हुँदा आदिल राशिद १२ रनमा अविजित रहे । पाकिस्तानका मोहम्मद हसन,इमाद वासिमले समान दुई तथा जुनैद खान,हसन अली र सोएव मालिकले समान १ विकेट हात पारे ।
त्यसु अघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै ३ सय ४० रन बनाएको थियो। पाकिस्तानका लागि बाबर आजमले उत्कृष्ट शतकीय पाली खेले पनि टोलीको हार टार्न सकेनन् । बाबरले १ सय १२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १ सय १५ रनको योगदान दिएका थिए । बाबरलाई ४० औं ओभरको चौथो बलमा टम कुरनले जोफ्रा आर्चरबाट क्याच आउट गराए ।

मोहम्मद हफिजले ५५ बलमा ३ छक्का र २ चौका सहित ५९,फकार जमान ५७,आशिफ अलि १७ र इमाद वासिम १२ रनमा आउट भए । जमानले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । सोएव मालिक ४१,हसन अली १ रनमा आउट हुँदा कप्तान सरफराज अहमिद २१ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि टम करनले १० ओभरमा ७५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मार्क उडले २ र जोफ्रा आर्चरको नाममा १ विकेट रह्यो ।
यस अघि पहिलो खेल वर्षाले प्रभावित बनेको थियो । दोस्रो खेलमा ७ र तेस्रो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो ।अव अन्तिम खेल आईतबार हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]