default_image

7 years ago

May 19, 2019

पीएम कप : हतारमा मुलपानी, स्तरमा शंका

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय प्रतियोगिताको उद्धघाटन खेल जेठ १० मा मुलपानी क्रिकेट मैदानमा हुँदैछ । यसअघि तय गरिएको मिती दुई पटक सार्दै तेस्रो नयाँ मिती अनुसार पीएम कप जेठ १० देखि २५ सम्म मुलपानी र टियू मैदानमा हुन लागेको हो ।

३ दिन अघिसम्म मुलपानीको अवस्था

यसअघि जेठ १ देखि टीयू मैदानमा मात्र दिनमा एक खेल हुने बताईएको थियो । तर प्राविधिक कारण देखाउदै आयोजकले जेठ ८ गतेलाई सारेका थियो । आयोजकले शनिबार पुन: मिति सार्दै १० गतेलाई पुर्याएको हो । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय टोली रहेका छन् । जसलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदुरपश्चिम र गण्डकी रहँदा समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २,प्रदेश १ र कर्णाली रहेका छन् । समुह चरणका शीर्ष दुई टोली सेमिफाईनलमा पुग्नेछन् ।

यसअघि जेठ १ गते सुरु हुने घोषणा हुँदा सबै खेल टियूमा हुने भनिएको थियो । त्यसकारण पनि प्रतियोगिता गर्ने हिसाबले मुलपानीमा कुनै तयारी गरिएको थिएन । टीयूमा अर्को प्रतियोगिता हुने भएपछि जेठ १ को मिति सारेर मुलपानीमा काम अघि बढेको थियो । सुस्त गतिमा निर्माणधिन अवस्थामा रहेको मुलपानी प्रतियोगिता संचालनको लागि १० दिनमै पूर्ण रुपमा तयार हुनसक्ने कुरै थिएन । मुलपानीमा आउटफिल्डको घाँस काट्नेदेखि लिएर पिच बनाउने सम्मका काम भईरहेको छ । पीएम कपको लागि मुलपानी तयार नहुने आयोजक नेपालयलका अध्यक्ष सुवास प्रधानले स्विकार गर्दछन् । अध्यक्ष प्रधानले मुलपानी तयार नुहुने भएपछि बाउन्ड्री लाईन ५५ यार्ड (५०.२ मिटर) मा झारिने बताए । अर्थात मैदान छोटो बनाएर खेलाईने छ ।

आईसीसीको नियम अनुसार कुनैपनि खेल संचालनका लागि बाउन्ड्री कम्तिमा पनि ६५ यार्ड (५९.४३ मिटर) को हुनुपर्नेछ । मुलपानी मैदानमा जग्गा विवाद कानुनि रुपमा सुल्झेको भनेपनि घर टहरा अझै पनि हटेका छैनन् । त्यसैले स्क्वायर बाउन्ड्रीमा अझैपनि उचित रुपमा मैदान तयार हुने देखिँदैन ।

पीएम कप राष्ट्रिय खेलकुद परिषद नेपाल (राखेप) को आयोजना र नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा हुन लागेको हो । मुलपानी मैदानको बारे राखेपका सदस्य सचिव केशव कुमार विष्ट त्यति जिम्मेवार भने देखिएनन् । राखेपले नेपालयलाई प्रतियोगिताको आयोजनाबारे सबै जिम्मा दिएको हुँदा यसबारे आफुलाई केहि थाहा नभएको र सबै कुरा नेपालयलाई जानकारी हुने विष्टको तर्क छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अहिलेको अवस्थामा मुलपानी क्रिकेट मैदानमा खेल हुनुनै ठूलो कुरा भएको बताउछन् । ‘लामो प्रतियोगिता भएकाले सबै खेल टीयूमा गर्न पनि सहज छैन । यो अवस्थामा मुलपानी मैदानमा गर्नु पनि राम्रै हो । यसलाई मिलाएर खेल्नुपर्छ, ‘ पारसले भने । यसअघिका दुई संस्करण विदेशमा रहेको कारण पीएम कपमा सहभागिता नजनाएका पारस यो पटक प्रदेश नम्बर तीनबाट खेल्दै छन् ।

मुलपानीको माथिल्लो मैदानमा गतवर्ष पनि पीएम कपका केहि खेल भएका थिए । तर वर्षाका कारण खेल अवरुद्ध भएपछि पुन: सुचारु हुने सम्भावना भएनन् । मैदानको अवस्था पनि स्थानीय स्तरको क्रिकेट गर्नलायक मात्र थियो । खेलाडी पनि खेलको अवस्थाबाट सन्तुष्ट थिएनन् । बल बाउन्स नहुँदा खेलाडीलाई क्रिजमा टिक्नै कठिन थियो । त्यसैले धेरै खेलाडी मैदानलाई लिएर रुष्ट थिए । हरेक टोलीलाई एक सय रन आकँडा छुनै मुश्किल थियो । गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पनि कुनै हतारमा आयोजना गरिएको कोहलपुर मैदानमा खेलाउँदा सहभागी टोलीले बिरलै १ सय रनको आँकडा पार गरे ।

घरेलु क्रिकेटको रुपमा आयोजन गर्ने पीएम कप नै एक मात्र नेपालको राष्ट्रिय स्तरको एकदिवसिय प्रतियोगिता हो । ओडीआई मान्यता प्राप्तसँगै यो प्रतियोगिताको महत्त्व झन बढेको छ । यस प्रतियोगिताकै प्रर्दशनको आधारमा आगमी दिनमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने छ । तर तयारी विनाको मैदानले भने खेलाडीको आफ्नो क्षमता सिद्ध गर्नबाट छायाँमा पर्ने हुन् की भन्ने चिन्ता पनि त्यतिकै छ । प्रतिभावान् तथा क्षमता भएका खेलाडी ओझेलमा पर्न सक्ने चिन्ता थपिएको छ ।

नेपाली यू१९ टोलीका प्रशिक्षक विनोद दासले नयाँ मैदानमा खेल्न गाह्रो हुने बताए । ‘ म पछिल्लो समय मुलपानी गएको छैन, नहेरी यसै भन्न पनि मिल्दैन तर पनि निर्माणधिन मैदानमा खेल्न निकै कठिन पर्छ’, दासले भने ।

‘ मुलपानी खेल्न योग्य बनाईन्छ भन्दा मलाई खुसी लागिरहेको छ । देशले अर्को नयाँ मैदान पाउँदै छ । नयाँ विकेट हुन्छ । बनाउन कति समय लागेको हो, रोलर पुगेको छ वा छैन, माटो राम्रोसँग च्यापिएको छ वा छैन भन्ने पक्षले कुराले मैदानमा धेरै प्रभाव पर्छ, ‘ दासले भने ।

आगामी चार महिनासम्म अब नेपालमा पुरुषको लागि कुनै ठूला घरेलु प्रतियोगिता हुने छैनन् । त्यसपछि पनि ईपीएल, पीपीएल र डीपीएल जस्ता टी ट्वान्टी फर्म्याटका प्रतियोगिता हुने हुँदा यो पीएम कपनै ओडीआईको लागी खेलाडी छनोट गर्ने मुख्य आधार हो । यस प्रतियोेगिताबाट युवा खेलाडीलाई राष्ट्रिय टोलीको ढोका सम्मको यात्रा तय गर्ने सबैभन्दा राम्रो माध्यम बन्न सक्छ ।

पीएम कपको व्यवस्थापन र तयारीमा आयोजक सुरुवाती समयमै चुकिसकेको छ । आगामी दिन कस्तो हुने हो हेर्न बाँकी छ । दुई पटक मिति परिवर्तन गरिसकेको प्रतियोगिताको जेठ १ गते हुनुपर्ने खेल त्यसै दिन बेलुका मात्रै प्रतियोगिता स्थगित भएको आधिकारिक जानकारी आएको थियो । जुन आफैंमा लज्जास्पद छ । नयाँ संरचनालाई प्रयोग गर्न खोज्नु स्वागतयोग्य कदम हो तर हतारमा खेल्न योग्य नभएको मैदानमा खेलाउँदा बल्लतल्ल हुने एकदिवसीय प्रतियोगिता पनि खल्लो हुने हो की भन्ने चिन्ता थपिएको छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.