7 years ago
May 19, 2019
एजेन्सी- पाकिस्तानसँगको पाँच खेलको ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले ४-० ले जित्दै क्लिन स्विप गरेको छ ।

आईतबार राती सम्पन्न पाँचौ खेलमा ५४ रनले पराजित गर्दै सिरिज क्लिन स्विप गर्न सफल भएको हो । ३ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा अल आउट हुँदै २ सय ९७ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान सरफराज अहमिदले ९७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । ३२ ओभरको पाँचौ बलमा विकेटकीपर जस बटलरले रन आउट गरेपछि शतक बनाउन मात्र ३ रनले चुकेका थिए । उनले ८० बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
मिडिल अडरका बाबर आजमले ८३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । बाबर पनि रन आउटको शिकार बने । २७ ओभरको दोस्रो बलमा बाबरलाई बटलरलनै रन आउट गराए ।
ओपनर फकार जमान डक, अबिद अली ५, मोहम्मद हफिज डक र सोएव मालिक ४ रनमा आउट भए । त्यस्तै तल्लोक्रमका आशिफ अली २२, ईमाद वासिम २५, हसन अली ११, साहिन शाह अफ्रिदी १९ र मोहम्मद हुसैनले २८ रन जोडे । इंग्ल्यान्डका लागि क्रिस वोक्सले १० ओभरमा २ मेडन सहित ५४ रन खर्चेर ५ विकेट लिए । आदिल राशिदले २ र डेविड विल्लीले १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५१ रन बनाएको थियो। इंग्ल्यान्डका लागि कप्तान ओइन मोर्गनले ६४ बलमा ५ छक्का र ४ चौका सहित ७६ रनको उत्कृष्ट योगदान दिए । त्यस्तै जो रुटले ७३ बलमा ९ चौका सहित ८४ रन बटुले । रुटलाई ३६ ओभरको तेस्रो बलमा युवा खेलाडी मोहम्मद हुसैनले आशिफ अलीबाट क्याच गराए ।

रुट र मोर्गनले तेस्रो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गरेपछि इंग्ल्यान्डले विशाल योगफल तयार पारेको हो । यी दुईबीचको साझेदारी ३० ओभरको तेस्रो बलमा शाहिन शाह अफ्रिदीले अबिद अलीबाट मोर्गनलाई क्याच गराउँदै तोडेका थिए । इंग्ल्यान्डका अन्य जेम्स भिन्स ३३, जोनी बेयरस्टो ३२, जस बटलर ३४, बेन स्टोक्स २१, क्रिस वोक्स १३ र डेविड विल्ली १४ रनमा आउट भए ।
टम कुरन १५ बलमा समान २ चौका र छक्का सहित २९ रनमा अविजित रहे । पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले १० ओभरमा ८२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै ईमाद वासिमले ३ विकेट हात पारे । मोहम्मद हुसैन र हसन अलीको नाममा १ विकेट रह्यो ।
पहिलो खेल वर्षाले प्रभावित बनेको थियो । दोस्रो खेलमा ७ र तेस्रो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । चौथो खेलमा ३ विकेटको रोमान्चक जित हात पार्दै सिरिज जित्न सफल भएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]