7 years ago
May 20, 2019
भुपेन्द्र जिसी, काठमाडौं
नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा एक पछि अर्को सफलता हात पारिरहेको छ । जुन सफलताले क्रिकेट मात्र नभई सिंगो नेपाली खेलकुदमा नै उत्साह, उमंग र खुसी थपेको छ । पछिल्लो समयको सफलतासँगै खेलाडीहरुबीच टोलीमा स्थान बनाउन तीव्र प्रतिस्पर्धा छ । सबै खेलाडीको सपना राष्ट्रिय टोलीको जर्सीमा उत्रँदै अन्तर्राष्ट्रिय स्तरमा देशको लागि खेल्ने हुन्छ । तर त्यो सपना सबैको पुरा हुँदैन ।

उमेर समुह र घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी राष्ट्रिय टोलीसम्म पुग्ने गर्दछन् । नेपाल क्रिकेट संघ क्यान नभएको अवस्थामा पछिल्लो तीन वर्ष ईपीएल, डीपीएल, पीपीएल र पीएमकपको प्रर्दशनलाई आधार मानेर खेलाडी छनोट गरिंदै आएको छ । अहिले टिममा रहेका रोहित कुमार पौडेल, सन्दीप जोरा, पवन सरार्फ, ललित नारायण रावजंशी, अभिनाष बोहोरा त्यसका उदारण हुन् ।
मौका पाएको बेलामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले टोलीमा निरन्तरता पाउँदा आफूलाई प्रमाणित गर्न नसक्ने खेलाडीले अर्को पटक मौका पाउदैनन् । नेपालमा मात्र होइन विश्वमानै यसै गरि चल्ने गर्दछ । कुनै खेलाडीले खराव प्रर्दशन गर्दा वा सन्न्यास लिदा अर्को नयाँ खेलाडीको लागि बाटो खुल्ने गर्दछ । त्यो अवस्थामा उमेर समुह र घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने युवा खेलाडीले राष्ट्रिय टोलीमा उसको स्थान लिने गर्दछ । उत्कृष्ट प्रर्दशन गरेर मात्र हुँदैन त्यो खेलाडीको रोल(भुमिका) सिनियर टिममा आवश्यक छ वा छैन भन्नेमा पनि निर्भर रहन्छ ।
यो वर्ष नेपालले आईसीसी टी२० विश्वकप एसिया छनोट देखी आईसीसी विश्वकप लिग–२ जस्ता प्रतियोगिता खेल्ने तालिका सार्वजनिक भइसकेको छ । अन्य देशसँग सहकार्य गर्दै ओडआई र टी ट्वान्टी सिरिज खेल्न सक्छ तर निश्चित छैन । यो वर्ष नेपाली क्रिकेट टोली धेरै ब्यस्त रहने छ । ब्यस्त रहि रहँदा धेरै खेलाडीले राष्ट्रिय टोलीमा मौका पाउन सक्छन् । यी तीन युवा खेलाडी जसले यो वर्ष नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गर्न सक्छन् ।
३. साहब आलम
साहब उमेर समुह हुँदै घरेलु लिगमा निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहेका स्पिनर हुन् । घरेलु प्रतियोगितामा निरन्तर आफ्नो प्रभाव जमाइरहेका आलमले गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । प्रदेश ३ विरुद्ध ४ ओभरमा ३ मेडन सहित २ रन खर्चेर ६ विकेट लिर्दै सनसनी मच्चाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट शक्ति गौचनले सन्न्यास लिइसकेका छन् । वसन्त रेग्मिको ढल्किदो उमेरको असर विस्तारै प्रर्दशनमा पनि पर्न थालेको छ । नेपाली टोलीमा लेग स्पिनरको रुपमा अहिले सन्दीप लामिछाने छन् । निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहेका सन्दीपको स्थान नेपाली टोलीमा निश्चित छ । त्यसैले अब सिनियर टिममा लेग स्पिनरलाई स्थान पाउन कठिन पनि देखिन्छ । तर आलम अफ स्पिनर हुन् । शक्तिको सन्याससँगै अफ स्पिनरको रुपमा एक स्पिनरले टोलीमा मौका पाउने छन् ।
नेपाली टोलीमा आलम राम्रो विकल्पका रुपमा देखिन्छन् । ईपीएलमा चितवन टाईगर्स, डीपीएल महेन्द्रनगर युनाईटेड र पीपीएल विराटनगर टाइटन्सबाट आलमले यस सिजन फ्रेन्चाइज लिग खेलेका थिए । अन्य घरेलु प्रतियोगिता भने उनले आर्मीबाट खेल्ने गर्दछन् । एक हप्तापछि काठमाडौंमा हुने प्रधानमन्त्री कप क्रिकेटमा आलम त्रिभुवन आर्मीबाट खेल्ने छन् । पीएम कपमा उत्कृष्ट प्रर्दशन गर्न सके आलमको लागि राष्ट्रिय टोली सहज बन्ने छ ।
२. कुशल मल्ल
१५ वर्षीय कुशल नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा अलराउन्डर हुन् । देब्रे (बाँया) हाते ब्याट्सम्यान तथा स्पिनर मल्लले छोटो समयैमा घरेलु क्रिकेटमा राम्रो छाप छोड्न सफल भएका छन् । यू१६ उमेर समुहबाट उदायका मल्ल गत मंसिरमा भैरहवा ग्ल्याडीयटर्सबाट नेपाली फ्रेन्चाइच लिगमा ईपीएलमा डेब्यू गरेका थिए । उनले चितवन टाईसर्गविरुद्ध १३ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै उत्कृष्ट २७ रनको अविजित पाली खेल्दै भैरहवाको हार टारेका थिए । डीपीएलमा मध्यम प्रर्दशन गर्दा एक महिना अघि यू१९ टोलीमा डेब्यू गर्दै आइसीसी एसिया छनोटमा उत्कृष्ट प्रर्दशन गरे ।

नेपाली टोली अहिले उत्कृष्ट अलराउन्डर फिनिसरको खोजिमा छ । गत माघमा अलराउन्डरको रुपमा नेपालले पवन सरार्फलाई टोलीमा मौका दिएको थियो । तर सरार्फले आसा गरे अनुसारको प्रर्दशन भने गर्न सकेनन् । यो अवस्थामा मल्ल सबैभन्दा सहि विकल्प सावित हुन सक्छन् ।
कुशल बायाँ हाते खेलाडी हुन् । नेपाली टोली बाँया हाते खेलाडीको अभाव पनि छ । यो भन्दा बढि उन्म प्रतिभा छ । उनलाई यो ओडीआई मान्यता अवधिमा अन्तर्राष्ट्रिय स्तरका लागि तयार पार्न सके नेपालले एक उत्कृष्ट अलरान्डर पाउनेछ । नेपाली टोलीको लागि लामो समय सम्म यो समस्या समधान हुन सक्छ । मल्ल पनि पीएम कपमा आर्मीबाट खेल्नेछन् ।
यो प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न सके उनलाई राष्ट्रिय टोली सहज बन्न सक्छ । आर्मीमा राष्ट्रिय टोलीका रोहित कुमार पौडेल, विनोद भण्डारी, भीम सार्की, सोमपाल कामी लगायतका खेलाडी हुँदा मल्ल छायाँमा पर्ने हुन् की भन्ने चिन्ता पनि छ ।
१. भीम सार्की
नेपाली जोन्टीको उप नामले चिनिने भिम सार्की मध्यक्रमका ब्याट्सम्यान हुन् । संयमित ब्याटिङसँगै उनले फिल्डिङबाट पनि टोलीलाईलाई जिताउन सक्ने क्षमता राख्छन् । नेपाली टोलीका प्रशिक्षक जगट टमटाका अनुसार भीम अहिले नेपाली क्रिकेटका नम्बर वान फिल्डर हुन् । उनले त्यो थुप्रै पटक प्रमाणित समेत गरेका छन् ।

डीपीएलमा गत फागुनमा रुपन्देही च्यालेन्जर्सबाट विराटनगरविद्ध असाद उल्लाह खानको अविश्वसनिय क्याच लिएपछि भिमको विश्वभरबाट वाहवाही भएको थियो । भीमले आफ्नो आदर्श मान्ने दक्षिण अफ्रिकी जोन्टी रोड्सले समेत उनको खुलेर प्रशंसा गरेका थिए ।
उमेर समुह र घरेलु क्रिकेटमा उत्कृष्ट निरन्तर प्रर्दशन गर्दै नेपाली राष्ट्रिय टोलीमा समेत स्थान बनाइसकेका छन् । गत माघमा यूएईसँगको ओडीआई र टी ट्वान्टी सिरिजको लागि भीम नेपालको १६ सदस्यीय टोलीमा परेका थिए । तर डेब्यू भने गर्न पाएनन् । भीमले पहिलो ओडीआईमै डेब्यू गर्ने अनुमान गरिएको थियो । तर सबैलाई आश्र्चय पार्दै भीम प्रतियोगिताभर बेन्चमा रहे ।
घरेलु क्रिकेट र उमेर समुहमा भीमले मध्यक्रम तथा तल्लो क्रममै भरपर्दो ब्याट्सम्यानको रुपमा आफूलाई स्थापित गरेका छन् । भीम टोलीको आवश्यकता अनुसार आक्रमक र रक्षात्मक दुवै खेल्न सक्छन् । भीमले स्पिन बलिङ पनि त्यतिकै राम्रो गर्दछन् । एक महिनाअघि सम्पन्न आईसीसी एसिया विश्वकप छनोट यू१९ मा मलेसियामा भीमले उत्कृष्ट पर्दशन गरेका थिए । दुर्भाग्य भन्नुपर्छ वर्षाको कारण डक वर्थ लेविसका आधारमा यूएईसँग १ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै बनेको थियो ।
त्यसअघि गत कार्तिकमा भिमले पोखरा प्रिमियर लिगमा ५ खेलमा १ अर्ध शतक सहित १ सय २३ रन जोडेका थिए । त्यहि प्रर्दशन उनलाई सिनियर टिम सम्म ल्याउन सहज बनाएको थियो । ईपीएलमा चितवन टाईगर्सबाट खेलेपनि उनी अन्य खेलाडीको ओझेमा पर्दा आफ्नो क्षमता देखाउन पाएनन् ।
नेपाली टोली मिडिल अडर तथा तल्लोक्रममा भरपर्दो ब्याट्सम्यानको खोजिमा छ । यो अवस्थामा अहिले नेपाली टोलीको युवा खेलाडी हेर्दा हेर्दा भिम पहिलो राजाईको पर्दछन् । यो वर्ष अन्य खेलाडीको तुलनामा भिम सार्कीको डेब्यूको उच्च सम्भावना देखिन्छ । आगामी जेठ १० देखि प्रधानमन्त्री कप क्रिकेट हुँदैछ । भीम उक्त प्रतियोगितामा आर्मीबाट खेल्ने छन् । उत्कृष्ट प्रर्दशन गरेको खण्डमा भिमको लागि राष्ट्रिय टोलीमा डेब्यू झनै सहज हुने छ । पीएम कपमा खराव प्रर्दशननै गरेपनि ढिलो चाँडो भीमलाई नेपाली टोलीको जर्सीमा अन्तर्राष्ट्रिय खेलमा देखिने भने निश्चित छ ।
यसबाहेक तीव्र गतिका बलर राशिद खान र कमल सिंह ऐरीले अहिले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिममा मौका पाई रहेका छैनन् । कीनकि सिनियर टिममा सोमापाल कामी र करण केसीले निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहदाँ उनीहरुलाई छायाँमा परेका हुन् । करण र सोमपालसँगै अभिनाश बोहोरा र ललितसिंह भण्डारी ब्याकअपको रुपमा रहेकाले कमल र राशिदले केहि समय कुर्नुपर्ने देखिन्छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]