default_image

5 years ago

May 22, 2019

विश्वकपका ३ ‘अन्डरडग’ टोली

एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब मात्र ८ दिन बाँकी छ । सबैको ध्यान ३० मे देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा केन्द्रित छ । विश्वकप कसले जित्ला-नजित्ला भन्ने तर्कहरु समर्थक र क्रिकेट विश्लेषकहरुले आ-आफ्नो तर्फबाट गरिरहेका छन् । धेरैको भारत,इंग्ल्यान्ड र अष्ट्रेलिया मध्यबाट एकले जित्ने आँकलन छ […]

30 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब मात्र ८ दिन बाँकी छ । सबैको ध्यान ३० मे देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा केन्द्रित छ । विश्वकप कसले जित्ला-नजित्ला भन्ने तर्कहरु समर्थक र क्रिकेट विश्लेषकहरुले आ-आफ्नो तर्फबाट गरिरहेका छन् । धेरैको भारत,इंग्ल्यान्ड र अष्ट्रेलिया मध्यबाट एकले जित्ने आँकलन छ ।

सन् १९७५ देखी सुरु भएको विश्वकपमा हालसम्म अष्ट्रेलियाले ५ पटक उपाधि जितेको छ । त्यस्तै भारत र वेस्ट इन्डिजले समान २-२ पटक जितेका छन् । श्रींलका र पाकिस्तानले पनि एक-एक पटक जित्न सफल भएका छन् । हाल सम्म २० देशले एक दिवसिय विश्वकपमा सहभागिता जनाएका छन् । यसपटक भने १० देशबीच प्रतिस्पर्धा हुने छ ।

केहि यस्ता खेलाडी छन् जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा टोलीको जित पक्का गर्न सक्छन् । यस विश्वकपमा कागजी रुपमा कमजोर देखिएपनि केहि यस्ता टोली छन् जसले उपाधिका दाबेदार ठूला टोलीलाईनै निराश बनाउँदै सबैलाई आश्चर्यमा पार्दै अविश्वसनिय नतिजा निकाल्न सक्छन् ।

३. अफगानिस्तान

छोटो समयमा द्रुत गतिमा आफूलाई विकसित गर्न सफल अफगानिस्तानले सन् २००१ मा मात्रै आईसीसीबाट सदस्यता पाएको हो । सदस्यता लिएको दुई दशक नपुग्दै टेष्ट मान्यता सम्मको सफलता हात पारेको छ । अफगानिस्तान सन् २०१८ जिम्बाबेमा भएको विश्वकप छनोटमा भाग्यमानी सावित हुँदै अन्तिम दुईमा रहँदै विश्वकपमा स्थान पाएको थियो । सन् २०१५ को पहिलो विश्वकपमा समुह चरणबाटै बाहिरिएको अफगानिस्तानले यस विश्वकपमा पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।

अफगानिस्तानको मुख्य हतियार लेग स्पिनर तथा अलराउन्डर राशिद खान हुन् । पछिल्लो दुई वर्षमा अन्तर्राष्ट्रिय फ्रेन्चाईज लिगमा तहल्का पिटीरहेका खानको प्रर्दशन विश्वकपमा अफगानिस्तानको लागि निर्णायक सावित हुने छ । खानले आफ्नो उत्कृष्ट प्रर्दशनमा विपक्ष्यका ठूला टिमलाई समेत निराश बनाउन सक्छन् । राशिदको सामना गर्न सबै ब्याट्सम्यानलाई धौ-धौ पर्ने गर्दछ। ओपनर मोहम्मद शहजाद र हज्रतुल्लाह जजाइले पावर प्लेमा विश्फोटक ब्याटिङ गर्दै विपक्ष्यका बलरलाई दवावमा राख्न सक्छन् ।

मिडिल अडरमा रहमत शाह, मोहम्मद नाबी र अस्गर अफगानको प्रर्दशनमा निर्भर रहने छ । अफ्तव आलम, मुजिव उर रहमान र राशिद खानले आफ्नो उत्कृष्ट बलिङमा ठूला देशविरुद्ध ऐतिहासीक नजिता निकाल्न पनि सक्छन् । अफगानिस्तानले गत सेप्टेम्बरमा भएको एसिया कपको सुपर फोरमा भारतलाई बराबरीमा रोकेको थियो । यस पटक पनि अफगानिस्तानले सबैलाई आश्चर्य पार्दै ठूला टोलीलाई निराश बनाउन सक्छ ।

२. बंगलादेश

खासै ठूला नामका स्टार खेलाडी नभएपनि बंगलादेशले हरेक प्रतियोगितामा अप्रत्यासित नतिजा निकाल्ने गर्दछ । इंग्ल्यान्डमै सन् २०१७ को च्याम्पियनशिप ट्रफिमा समुह चरणमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दै सेमिफाईनलमा पुगेको थियो । त्यस अघि सन् २००७ को विश्वकपमा भारतलाई हराउँदै सनसनी मच्चाउँदा भारत समुह चरणबाटै बाहिरीनुपर्यो । हाल सम्म बंगलदेशले सन् १९९९ देखी २०१५ सम्म गरि ५ विश्वकप खेलेको छ ।

बंगलादेशको टोली सन्तुलित  छ । टोलीमा ठूला नाम गरेका खेलाडी नभएपनि सबै टोलीलाई कडा टक्कर दिने सक्ने खेलाडी भने छन् । ओपनर तामिम इकवाल, लिटन दास, सौम्य सरकार, विकेटकीपर मुश्फिकुर रहिम, मुस्ताफिजुर रहमान, सकिब अल हसन, रुवेल हसन, मोसाद्दीक हुसन, मेहदी हसनको उत्कृष्ट प्रर्दशन बंगलादेशले उपाधिका दाबेदारलाई निराश बनाउन सक्छन् । केहि दिन अघि वेस्ट इन्डिज र आयरल्यान्डसँगको त्रिकोणात्मक सिरिज जितेको बंगलादेशको मनोबल पनि उच्च छ ।

१. वेस्ट इन्डिज

हिटरमा निर्भर वेस्ट इन्डिजका एकै खेलाडीले खेल जिताउन सक्ने क्षमता राख्छन् । सन् १९७५ देखी २०१५ सम्मको विश्वकपमा निरन्तर सहभागिता जनाएको वेस्ट इन्डिजले सन् १९७५ र १९७९ गरि दुई पटक विश्वकप जितेको छ । पछिल्लो समय वेस्ट इन्डिजको प्रर्दशन खस्कँदो छ । यस विश्वकपमा ठूला टोलीका लागि वेस्ट इन्डिज घातक र बादक बन्न सक्ने टोली हो । आन्द्रे रसेल, शाई होप र क्रिस गेलले आफ्नो प्रर्दशनमा सबैलाई आश्चर्य पार्दै सनसनी मच्याउन सक्छन् ।

ओपनर तथा विश्फोटक ब्याट्सम्यान क्रिस गेल, शाई होप, सुनिल एम्ब्रिस, एभिन लुइस चारैले लामो र ठूलो इनिङ खेल्दै विपक्षीलाई दबाबमा राख्दै विशाल योगफल बनाउन सक्छन् । इंग्ल्यान्डको मैदान ब्याटिङ उपयोगि हुँदा यी चारले विश्वकपमा तहल्का पिट्न सक्ने अनुमान गरिएको छ । यी चारै खेलाडीको लय उत्कृष्ट छ ।

मध्यक्रममा कार्लोस बर्थवेट,निकोलस पुरन,श्रिमन हिटमायर डरेन ब्राभोमा निर्भर रहने छ । तल्लोक्रममा आन्द्रे रसेल छन् । विश्वकपमा सबैको ध्यान रसेल माथिनै हुने छ । रसेलले विश्फोटक ब्याटिङ गर्दै असम्भव जितलाई पनि संभव बनाउन सक्ने क्षमता राख्दछन् । जुन दुई साता अघि सम्पन्न आईपीएलमा थुप्रै खेलमा त्यो प्रमाणित गरेका छन् ।

ब्याटिङ लाइन अप उत्कृष्ट रहेपनि बलिङ केहि कमजोर देखिन्छ । तर इंग्ल्यान्डको मैदान बलर भन्दा ब्याटिङ उपयोगी हुँदा वेस्ट इन्डिजका ब्याट्सम्यानले विश्फोटक ब्याटिङ गर्दै अप्रत्याशित नतिजा निकाल्न सक्छन् । त्यस्तो नतिजा निकाल्न सक्ने खेलाडीपनि रहेका छन् ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.