default_image

5 years ago

May 23, 2019

विश्वकपका तीन उत्कृष्ट ओपनर जोडी

एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब एक साता बाँकी छ । ३० मे देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा चल्ने विश्वकपमा भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । सन् १९७५ देखी सुरु भएको विश्वकपमा हालसम्म अष्ट्रेलिया ५ पटक उपाधि जितेको छ । भारत र वेस्ट इन्डिजले समान २ […]

33 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब एक साता बाँकी छ । ३० मे देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा चल्ने विश्वकपमा भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ ।

सन् १९७५ देखी सुरु भएको विश्वकपमा हालसम्म अष्ट्रेलिया ५ पटक उपाधि जितेको छ । भारत र वेस्ट इन्डिजले समान २ तथा श्रींलका र पाकिस्तानले पनि एक – एक पटक उपाधि सफल भएका छन् ।

कुनै पनि टोलीलाई विशाल लक्ष्य बनाउन ओपनर जोडीको उत्कृष्ट साझेदारी र प्रर्दशन आवश्यक पर्छ । चाहे त्यो घरेलु लिग होस वा विश्वकप । उत्कृष्ट ओपनर साझेदारी बिना ठूलो योगफलको संभावना कम रहन्छ । सन् २०११ श्रीलंकाका उपल थंगला र तिलकरत्ने दिल्सानले जिम्बाबेविरुद्ध गरेको २ सय ८२ रनको साझेदारीनै विश्वकपको उच्च साझेदारी हो । यस पटक विश्वकपमा सबै टोलीले आफ्नो उत्कृष्ट ओपनर मैदान उतार्ने तरखरमा छन् । यस पटकका विश्वकपका उत्कृष्ट तीन ओपनर जोडी यस प्रकार रहेका छन् ।

३. डेविड वार्नर र आरोन फिन्च

यस विश्वकपमा डेविड वार्नर र कप्तान आरोन फिन्चले उत्कृष्ट साझेदारी गर्न सक्ने अनुमान गरिएको छ । सन् २०१४ बाट ओपनर जोडीको रुपमा ब्याटिङ गर्न लागेका यी दुईले सन् २०१८ सम्म ४८ खेलमा कुल २१ सय २६ रनको साझेदारी गरेका छन् । ५ पटक शतक र १० पटक अर्ध शतकको साझेदारी गर्दा उत्कृष्ट साझेदारी २ सय ३१ रनको छ । आक्रमक शैलीमा ब्याटिङ गर्ने दुई ओपनरले आफ्नो लय समातेपछि विश्वका सबै बलरलाई रोक्न कठिन पर्ने गर्दछ । दुबै खेलाडी ठूला ठूला शट प्रहार गर्न माहिर छन् ।

अघिललो वर्ष बल टम्परिङ काण्डका कारण वार्नरलाई एक वर्ष प्रतिबन्ध परेपछि यी दुईको जोडी छुटेको थियो । प्रतिवन्ध सकिएसँगै आईपीएलमा उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका वार्नरले विश्वकपमा पनि त्यस्तै दमदार प्रर्दशन गर्ने अनुमान गरिएको छ । वार्नरले १ सय ६ वान डेमा १४ शतक १७ अर्ध शतक सहित कुल ४३ सय ४३ जोडेका छन् । वेष्ट प्रर्दशन १ सय ७९ छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका कप्तान फिन्चले १ सय ९ खेलमा १३ शतक,२१ अर्ध शतक सहित कुल ४ हजार ५२ रन जोड्दा वेष्ट प्रर्दशन १ सय ५३ रनको अविजित छ । विश्वकपको दाबेदार मानिएको अष्टे«लियाको लागि यी दुईको प्रर्दशन पनि निकै महत्वपूर्ण हुने छ ।

२. जोसन राय – जोनी बेयरस्टो

इंग्ल्यान्डका ओपनर जोसन रोय र जोनी बेयरस्ट्रोले पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जोनी बेयरस्ट्रोले सन् २०११ मा डेब्यू गरे पनि टोलीमा निरन्तर मौका पाएनन् । पछिल्लो एक वर्ष यता इंग्ल्यान्डले बेयरस्ट्रो र रोयलाई पहिलो रोजाईको ओपनरको रुपमा मैदान उतादै आएको छ ।

दुवै अनुभवी ओपनर जोडीलाई घरेलु मैदानको बारे राम्रोसँग थाहा छ । जसको फाईदा विश्वकपमा पुग्न सक्छ । रोय आक्रमक पाली खेल्न माहिर छन् भने बेयरस्ट्रो टोलीको आवश्यकता अनुसार विश्फोटकसँगै सिंगल डबल रन बटुल्न सिपालु छन् । यी दुईले केहि दिन अघि पाकिस्तानसँगको पाँच ओडीआई सिरिज अन्तर्गत दोस्रो र तेस्रो खेलमा लगातार शतकीय साझेदारी गरेका थिए ।

बेयरष्ट्रोले ५७ ओडीआईमा ७ शतक र ९ अर्ध शतक सहित कुल २ हजार ३ सय २९ रन जोड्दा वेस्ट प्रर्दशन १ सय ४१ रनको अविजित छ । रोयले ७६ ओडीआईमा ८ शतक र १४ अर्ध शतक सहित कुल २९ सय ३८ रन जोडेका छन् । जसमा वेस्ट प्रर्दशन १ सय ८० रन रहेको छ । घरेलु मैदानमा यी दुई ओपनरले उत्कृष्ट साझेदारी गर्दै इंग्ल्यान्डको जित पक्का गर्न सक्छन् ।

१. रोहित शर्मा र शिखर धवन

भारतीय टोलीका ओपनर रोहित शर्मा र शिखर धवन बर्तमान क्रिकेटकै सर्वोत्कृष्ट जोडीका रुपमा चिनिन्छन् । सन् २०१३ बाट सुरु भएको यी दुईको साझेदारी २०१९ सम्म १ सय १ खेलमा ४५ सय ४१ रनको साझेदारी गरेका छन् । जसमा १५ पटक शतक र १३ पटक अर्ध शतक साझेदारी भएको छ । उत्कृष्ट साझेदारी २ सय १० रनको छ ।

पछिल्लो दुई वर्ष यता भारतको अधिकांश जित धवन र रोहितको प्रर्दशन निर्भर हुँदा विश्वकपमा यी दुईको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । यी दुईको उत्कृष्ट प्रर्दशन बिना भारतको विश्वकप जित्ने सपना पुरा हुन संभव देखीदैन । रोहित एक मात्र त्यस्ता ब्याट्सम्यान हुन् जसले ओडीआई खेलमा ३ पटक दोहोरो शतक प्रहार गर्ने दुर्लभ कीर्तिमान राखेका छन् ।

इंग्ल्यान्डको मैदानमा पछिल्लो पटक च्याम्पियन शिप ट्रफिमा ५ खेलमा २ मा शतक र १ अर्ध शतकको उत्कृष्ट साझेदारी गरेका थिए । रोहितले २ सय ६ ओडीआई खेलमा २२ शतक र ३ दोहोरो शतक र ४१ अर्ध शतक सहित कुल ८ हजार १० रन बटुलेका छन् । त्यस्तै धवनले १ सय २८ खेलमा १६ शतक र २७ अर्ध शतक सहित ५ हजार ३ सय ५५ रन बटुलेका छन् ।

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

Success

Thank you for your time.