7 years ago
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलअन्तर्गत नेपाल पुलिस क्लबलाई जितको लागि ४२ रनको लक्ष्य दिएको छ ।

पहिलो ब्याटिङको निम्तो पाएको एपीएफले २२.१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र जोड्न सक्यो । एपीएफका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । चौथो ओभरमा आसिफ शेखलाई २ रनमा गुमाएको एपीएफका लागि छैटौं ओभरमा प्रदिप ऐरी २ रन नै जोड्दै आउट भए । सुरुवात्री दुइ विकेट हात पारेका कुशल भुर्तेलले सुमित महर्जनलाई २ रनमा नै बोल्ड गर्दै एपीएफलाई १३-३ को स्थितिमा ल्याए ।
त्यसपछि स्पिनरलाई आक्रमणमा उतारेको पुलिसले लगातार विकेट लिन सफल रहयो । शरद भेषावकर ७, वसन्त रेग्मी शून्य, सन्दिप जोरा ५ रन जोड्दै आउट भए । कमलसिंह ऐरी १, दिपेन्द्र रावत २ र अभिनाश बोहोरा ३ रनमा पेभेलियन फर्किए । अमरसिंह राउटेला ६ रनमा नटआउट रहे ।

पुलिसका लागि ललित राजवंशीले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । सगर ढकालले ८.१ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ३ विकेट हात पारे । कुशल भुर्तेलले ५ ओभरमा १ मेडनसहित ३ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]