default_image

7 years ago

June 6, 2019

रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै पुलिस फाइनलमा

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बिहीबार सेमिफाइनल खेलमा साबिक विजेता एपीएफमाथि ५ विकेटको संघर्षपूर्ण जित निकाल्दै पुलिसले फाईनलमा आर्मीसँगको भेट पक्का गरेको हो । उपाधिको लागि आर्मी र पुलिस शनिवार भिड्ने छन् । आर्मीले बुधबार पहिलो सेमिफाईनल खेलमा प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले हराउँदै फाईनलमा स्थान पक्का गरि सकेको छ ।

सामान्य ४२ रनको लक्ष्य पुलिसले ९.३ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । सामान्य लक्ष्य पुरा गर्न पुलिसले पनि संघर्षगुर्न पर्यो । पुलिसका लागि पवन सरार्फले १४ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा अविजित रहे ।

दिपेन्द्र सिंह ऐरीले १३ रनको योगदान दिए । सातौ ओभरको पाँचौ बलमा बसन्त रेग्मिले क्याच आउट गराउनु अघि १४ बलमा २ चौका प्रहार गरे । सामान्य लक्ष्य पछ्पाएको पुलिसको सुरुवात भने खराव रह्यो । पहिलो ओभरको पाँचौ बलमा बसन्त रेग्मिले अनिल कुमार शाहलाई शरद भेषवाकरबाट क्याच गराउँदै शुन्यमा पेभिलिएन फर्काए । लगत्तै दोस्रो ओभरको पहिलो बलमा सुनिल धमला ३ रनमा क्याच आउट भए ।

त्यसको एक ओभरपछि बसन्त रेग्मिले अमित श्रेष्ठलाई १ रनमा एलवी डब्लू आउट गरे । दिलिप नाथ २ रनमा स्टम्पिङआउट हुन पुगे ।एपीएफका लागि बसन्त रेग्मीले ३ र शरद भेषवाकरले २ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको एपीएफले २२.१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र जोड्न सक्यो । एपीएफका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । चौथो ओभरमा आसिफ शेखलाई २ रनमा गुमाएको एपीएफका लागि छैटौं ओभरमा प्रदिप ऐरी २ रन नै जोड्दै आउट भए । सुरुवात्री दुइ विकेट हात पारेका कुशल भुर्तेलले सुमित महर्जनलाई २ रनमा नै बोल्ड गर्दै एपीएफलाई १३-३ को स्थितिमा ल्याए ।

त्यसपछि स्पिनरलाई आक्रमणमा उतारेको पुलिसले लगातार विकेट लिन सफल रहयो । शरद भेषावकर ७, वसन्त रेग्मी शून्य, सन्दिप जोरा ५ रन जोड्दै आउट भए । कमलसिंह ऐरी १, दिपेन्द्र रावत २ र अभिनाश बोहोरा ३ रनमा पेभेलियन फर्किए । अमरसिंह राउटेला ६ रनमा नटआउट रहे ।

पुलिसका लागि ललित राजवंशीले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । सगर ढकालले ८।१ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ३ विकेट हात पारे । कुशल भुर्तेलले ५ ओभरमा १ मेडनसहित ३ विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.