7 years ago
June 6, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ ।

भर्खर सम्पन्न टसममा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले जवाफी ब्याटिङ केहि बेरमा गर्दै छ । वेस्ट इन्डिजले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ ।
वेस्ट इन्डिजले डरेन ब्राभोको स्थानमा ओपनर इभिन लुईसलाई टोलीमा मौका दिएको छ । अष्ट्रेलियाले भने कुनै खेलाडी परिवर्तन गरेको छैन ।
अष्ट्रेलियाको प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान खवाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एलेक्स केरी, नाथन कुल्टर नाइल, प्याट कमिन्स, मिचेल स्टार्क, एडम जम्पा ।
वेस्ट इन्डिजको प्लेइङ ११ : क्रिस गेल,इभिन लुईस,शाई होप,निकोलस पुरन,शिमरोन हिटमायर,आन्द्रे रसेल,जेसन होल्डर(कप्तान),कार्लोस वर्थवेट,एलशे नर्श,शिल्डन कर्टेल ओशन थोमस ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]