default_image

5 years ago

June 16, 2019

दक्षिण अफ्रिकाको पहिलो जित

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । शनिबार राती अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो । डक अर्थ लेविसका आधारमा १ सय २७ रनको लक्ष्य पछ्याएको अफ्रिकाले २८.४ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । उसका ओपनर […]

36 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ ।

शनिबार राती अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो । डक अर्थ लेविसका आधारमा १ सय २७ रनको लक्ष्य पछ्याएको अफ्रिकाले २८.४ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । उसका ओपनर क्विन्टन डी ककले सर्वाधिक ६८ रनको योगदान दिए । गुबदीन नाईबले मोहम्मद नाबीबाट क्याच आउट गर्नु अघि डी ककले ७२ बलमा ८ चौका प्रहार गरे ।

ओपनर हसिम हमला ८३ बलमा ४ चौका प्रहार गर्दै ४१ रनमा नट आउट रहे । अमला र डी ककले २२.५ओभर सम्म पहिलो विकेटका लागि १ सय ४ रनको साझेदारी गरेका थिए । एन्डिलो फेलुक्वायो १७ रनमा नट आउट रहे ।

त्यसअघि कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३४.१ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । अफगानिस्तानले २० ओभरमा ६९ रन जोड्न २ विकेट गुमाएको अवस्थामा केहि समय वर्षाले खेल रोकिएको थियो । जसमा २ ओभर छोट्उदै ४८ मा भारिएको थियो ।

अफगानिस्तानका लागि ओपनर नुर अली जदरानले ३२ र राशिद खानले ३५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर हज्रतुल्ला जजाई र नुर अली जदरानले ८.२ ओभरमा ३९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । कागिसो रबाडाले रस्सि भान डर दुसेनबाट २२ बलमा जजाईलाई आउट गरे । १६ ओभरको पहिलो क्रिस मोरिसले रामथ शाहलाई ६ रनमा एलबीडब्लू आउट गरे ।

हशमतुल्ला शाहिदी ८, पुर्व कप्तान अस्गर अफगान डक,मोहम्मद नाबी १ कप्तान गुलबदीन नाईब ५ रनमा आउट भएपछि अफगानिस्तान ७७-७ को कमजोर अवस्थामा पुगेको थियो । राशिद खानले आक्रम ब्याटिङ गर्दै २५ बलमा ६ चौका सहित ३५ रन जोडेपछि अफगानिस्तान सम्मानजनक अवस्थामा पुगेको थियो । दक्षिण अफ्रिकाका लागि स्पिनर इमरान ताहिरले ७ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिस ३,एन्डिलो फहवकुवलो २ र कागिसो रबाडाले १ विकेट हात पारे ।

दक्षिण अफ्रिकाले आफ्नो पाँचौ खेलमा पहिलो जित निकालेको हो । योसँगै अफ्रिका ५ खेलमा १ मा जित र ३ मा हारका साथ सातौ स्थानमा छ । यता अफगानिस्तान भने चारै खेलामा पराजित भएको छ । दक्षिण अफ्रिकाले आफ्नो छैटौं खेल आगमी बुधबार न्युजिल्यान्डसँग खेल्ने छ । त्यस्तै अफगानिस्तानले मंगलबार इंग्ल्यान्डको सामना गर्ने छ ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.